back
NMB ad

मिर्मिरे लघुवित्तको खुद नाफा १०७ प्रतिशतले बढ्यो

Kumari bank ad

काठमाडौं । मिर्मिरे लघुवित्तको खुद नाफा गत आर्थिक वर्ष २०७५/७६ को चौथौं त्रैमाससम्ममा १०६.६९ प्रतिशत वृद्धि भएको छ अघिल्लो आर्थिक वर्ष २ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले यस अवधिमा ६ करोड १४ लाख खुद नाफा आर्जन गरको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष लघुवित्तले ३ करोड १७ लाख रुपैयाँले खुद नाफा बढाएको हो । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ११ करोड ६५ लाखबाट १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ भने ९ करोड ५८ लाख रुपैयाँ जगेडा कोषमा संचित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ७७ करोड ५० लाख निक्षेप संकलन तथा एक अर्ब ६६ करोड ३३ लाख रुपैयाँ सापटी लिएर २ अर्ब ४४ करोड कर्जा लगानी गरेको छ ।

यस्तै लघुवित्तले यस अवधिमा ३६ करोड ४५ लाख व्याज आम्दानी गरेर २२ करोड ११ लाख रुपैयाँ व्याज वापत खर्च गरी १४ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपातमा सुधार भएको छ । खराव कर्जा अनुपात ०.६९ प्रतिशतबाट ०.५४ प्रतिशतमा झरेको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ७४ पैसा, प्रति शेयर नेटवर्थ १७४ रुपैयाँ ४५ पैसा र मुल्य आम्दानी अनुपात १८:८३ गुण बढी छ ।

राष्ट्रियस्तरको ठूलो लघुवित्त कम्पनी बन्ने उदेश्यका साथ नेप्सेमा सूचीकृत मिर्मिरे माइक्रोफाइनान्स, नागबेली लघुवित्त, र किसान माइक्रोफाइनान्सले एक आपसमा मर्जर सम्झौता गरिसकेका छन् । मर्जर पछि बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड पुग्ने जनाएको छ । स्रोतः मेरो लगानी

२०७६ साउन १५ गते प्रकाशित

वि.सं.२०७६ साउन १५ बुधवार १५:४९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...