back
NMB ad

पाँच सय पशुलाई सुत्केरी भत्ता

Kumari bank ad

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिकाले ९ महिनामा ५ सय पशुलाई सुत्केरी भत्ता वितरण गरेको छ । गत आर्थिक वर्ष ०७५/७६ मा ५ सय गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले  जनाएको छ ।

नगरपालिकाले २०७५ मंसिर १ गतेदेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोग स्वरुप नगद १ हजार रुपैयाँ भत्ता दिन सुरु गरिएको हो ।

नगरपालिकाले ५ सय पशुलाई नै भत्ता दिने लक्ष्य राखिए अनुसार नै वितरण भएको जनाएको छ । नगरपालिकाले गत आवमा पुश सुत्केरी भत्ताका लागि ५ लाख रुपैयाँ विनियोजन थियो ।

किसानहरूबाट सुत्केरी पशुको भत्ता दिन निवेदन सङ्कलन गरेर असार मसान्तसम्ममा ५ सय वटा सुत्केरी पशुलाई सुत्केरी भत्ता वितरण गरेको हो ।

कार्यालयमा संकलन भएका निवदेनका आधारमा एक हजारका दरले ५ लाख रुपैयाँ सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जानकारी दिएको छ ।

किसानले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपि सहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने व्यवस्था गरिएको छ ।

२०७६ भदौ ६ गते प्रकाशित

वि.सं.२०७६ भदौ ६ शुक्रवार ०७:३२ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...