back
NMB ad

यी वाणिज्य बैंकले गरे लाभांश घोषणा, हेर्नुहोस् ! कुन बैंकको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत २७ मध्ये ९ ओटा वाणिज्य बैङ्कहरुले सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन ।

सेयरधनीलाई लाभांश प्रस्ताव गर्ने मध्ये केहिले नेपाल राष्ट्र बैङ्कबाट स्वीकृती पाइसकेका छन । स्वीकृती पाएकाले वार्षिक साधारणसभा बोलाएका छन । अझै १८ ओटा वाणिज्य बैङ्कहरुले लाभांश घोषणा गर्न बाँकी छ ।

लाभांश प्रस्ताव गर्नेमा सिटिजन्स, सानिमा, जनता, माछापुच्छ्रे, सनराइज, सिद्धार्थ, कुमारी, एनआइसी एसिया, बैङ्क अफ काठमाडु छन । राष्ट्रिय वाणिज्य बैङ्कमा सर्वसाधारणको लगानी नभएकाले नेप्सेमा सुचिकृत छैन ।

प्रस्ताव गर्ने मध्ये सबैभन्दा बढी लाभांश सिद्धार्थ बैङ्कको छ । सिद्धार्थले सेयरधनीलाई नगद र बोनस सेयर गरी २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सिद्धार्थले चुत्तापुँजीको १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ७६ करोड रुपैयाँ पुग्ने सिद्धार्थले जनाएको छ ।

सबैभन्दा कम लाभांश कुमारी बैंकको छ । जनताले ६ प्रतिशन बोनस र ६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।

६ प्रतिशत बोनस सेयर दिएपछि जनताको चुँक्तापूँजी ८ अर्ब ४८ करोड रुपैयाँ पुग्ने छ । जनता ग्लोबल आइएमइसँग मर्ज हुन लागेको छ । ग्लोबल आइएमईले भने लाभांश घोषणा गरेको छैन ।

सिटिजन्स बैङ्का सेयरधनीले दशैं अगावै लाभांश पाउने भएका छन । सिटिजन्सले असोज १० गते १३ औं वार्षिक साधारणसभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई नगद र बोनस सेयर गरी १५ प्रतिशत अर्थात १ अर्ब २५ करोड रुपैयाँ लाभांश दिने प्रस्तावलाई स्वीकृत गर्ने छ ।

सिटिजन्सले सेयरधनीलाई १२ प्रतिशत अर्थात १ अर्ब ४ लाख रुपैयाँ नगद लाभांश र ३ प्रतिशत अर्थात २५ करोड ११ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने छ ।

सनराइज बैङ्कले लगानीकर्तालाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैङ्कले लगानीकर्तालाई १० प्रतिशत बोनस र ५.८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैङकले ८१ करोड ५२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव गरेको छ । ४७ करोड २८ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ ।  त्यसैगरी सानिमा बैङ्कले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद गरी २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

सानिमाले असोज २९ मा साधारणसभा बोलाएको छ । बोनस वितरणपछि सानिमाको चुक्तापूँजी ८ अर्ब ८० करोड रुपैयाँ पुग्ने छ । अहिले बैङ्कको चुँक्तापूँजी ८ अर्ब १२ लाख रुपैयाँ छ ।

एनआइसी एसिया बैङ्कले २१ प्रतिशत लाभांश दिने भएको छ । एनआईसी एसियाले सेयरधनीलाई १ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।

एनआईसी एसियाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ प्रतिशत अर्थात ९७ करोड ६४ लाख रुपैयाँ नगद लाभांश र १० प्रतिशत बोनस सेयर अर्थात ८८ करोड ३४ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो ।

लाभांश पारित गर्न एनआईसी एसियाले असोज १० गते २२ औं साधारणसभा बोलाएको छ । बोनस सेयर वितरणपछि बैङ्कको चुत्तापुँजी ९ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । अहिले ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ छ ।

बैङ्क अफ काठमाडुले १७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । माछापुच्छ्रेले ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कुमारीले १० प्रतिशत बोनस घोषणा गरेको छ ।

गत वर्षसम्म बोनस सेयर मात्र वितरण गर्दै आएका वाणिज्य बैङ्हरुले यो वर्षदेखि सेयरधनीलाई नगद लाभांश दिन थालेका छन ।

गत वर्ष धेरै लाभांश दिने नविल, नेपाल इन्भेस्टमेन्ट बैङ्कले लाभांश प्रस्ताव गरेका छैनन । यस्तै हिमालयन, एनएमबी, कृषि विकास, नेपाल बैङ्क, लक्ष्मीलगायत अझै १८ ओटा बैङ्क बाँकी छन ।

२०७६ असोज ०८ गते प्रकाशित

वि.सं.२०७६ असोज ८ बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...