back
NMB ad

सरकारले असारसम्म ६० हजारलाई रोजगारी दिने, यसरी तयार गरिँदै छ बेरोजगारको सूची

Kumari bank ad

काठमाडौं । सरकारले बेरोजगार व्यक्तिहरुको पहिचान तथा प्राथमिकीकरणको लागि बेरोजगारहरुको सूची तयारी काम थालनीको तयारी गरेको छ ।

स्थानीय तहमार्फत बेरोजगार सूची निर्धारण तथा प्राथमिकीकरण मार्गदर्शन २०७६ तर्जुमा गरी सबै स्थानीय तहमा सामाजिक सुरक्षा मन्त्रालयले पठाएको हो ।

यो मार्गदर्शनअनुसार स्थानीय तहले बेरोजगारहरुको सूची तयार गर्नेछ । त्यस्ता बेरोगारहरुलाई सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिने काम अघि बढाउने भएको हो । सरकारले असारसम्मा ६० हजार जनालाई रोजगारी दिने भएको छ ।

बेरोगार सूचीमा रहेका उनीहरुलाई कम्तीमा ६० दिनको रोगजारी दिइने श्रम मन्त्रालयले जानकारी गराएको छ। यो काम आगामी तीन महिनाअगावै यसको सबै प्रक्रिया सुरु भइसक्ने समेत कार्यक्रममा जानकारी गराइएको हो ।

श्रमिक बैंकको स्थापना गर्ने कार्य अघि बढाइएको छ। यो बैंक स्थापनाको लागि श्रमिककै सहभागितामा श्रमिककै वित्तीय आवश्यकता परिपूर्ति गर्न यसको स्थापना गर्न लागिएको श्रम मन्त्रालयले जानकारी गराएको हो ।

यसको स्थापनाको लागि हाल अध्धयन भइरहेको समेत श्रम मन्त्रालयले जनाकारी गराएको हो ।योगदानमा आधारित सामाजिक सुरक्षामा बढी सहभागी गराउनको लागि भने श्रम मन्त्रालयले रोजगारदाताहरुसँग अन्तरक्रिया कार्यक्रम भइरहेको र आगामी तीन महिनामा १५ हजार रोजगारदाता र एक लाख योगदान कर्ता सहभागिता गराउने लक्ष्य राखेको हो ।

२०७६ पुस २२ गते प्रकाशित

वि.सं.२०७६ पुस २२ मंगलवार १४:१७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...