back
NMB ad

कृषि विकास बैंकको वित्तीय सूचकहरुमा उल्लेख्य सुधार

Kumari bank ad

काठमाडौँ । कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ ।

बैंकले ५३ औं वार्षिकोत्सवको अवसरमा आइतबार पत्रकार सम्मेलन आयोजना गरी अघिल्लो वर्षको पुष मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र आर्थिक वर्ष २०७५/०७६को नाफाबाट यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताएका हुन् ।

उनले अघिल्लो वर्षको पुष मसान्तमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले १५ दशमलव ४४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको बताए ।

कर्जा तथा लगानी पनि १० दशमलव २३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको बताए । त्यस्तै उनले आगामी सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारी गरेको समेत बताए ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो अवधिमा बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको जानकारी दिए ।

गत वर्षको पुष मसान्तमा ४ दशमलव ४२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्षको पुष मसान्तमा घटेर ३ दशमलव ५९ प्रतिशतमा झरेको छ ।

२०७६ माघ ०५ गते प्रकाशित

वि.सं.२०७६ माघ ५ आइतवार १६:५२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...