काठमाडौं । ग्लोबल आइएमई बैंकको शेयर कारोबार सोमवारदेखि खुला हुने भएको छ । जनता बैंकसँग मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट शेयर कारोबार हुन लागेको हो ।
नेप्सेले पहिलो कारोबारको लागि मूल्य रू.२५२ दशमलव ४७ तोेकेको छ । माघ १ गते मर्जर पछिको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको थियो ।
ग्लोबल र जनता बैंक विच जनता बैंकको १०० कित्ता शेयर बरावर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर आदानप्रदान हुने गरी मर्जर सम्झौता भएको हो । गत असार १९ गते ग्लोबल आइएमई बैंकको शेयर प्रतिकित्ता रू.२९५ मा कारोबार भएको थियो ।
२०७६ माघ ०५ गते प्रकाशित
वि.सं.२०७६ माघ ५ आइतवार १६:१९ मा प्रकाशित