back
NMB ad

बार्सिलोनाका मास्चेरानोको सात वर्षमा पहिलो गोल,बार्सिलोनाको शानदार जित

Kumari bank ad

बार्सिलानाले प्रभावशाली जित निकाल्दै स्पेनिस ला लिगाको उपाधि होडमा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हरायो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले, एण्ड्रे गोमोज र पाको अलकेसरले दुई दुई तथा मास्चेरानोले एक गोल गरे । ६७ औं मिनेटमा मास्चेरानोले पेनाल्टी मार्फत गरेको गोल बार्सिलोनाका लागि उनले गरेको पहिलो गोल थियो । उनले उनी बार्सिलोनाबाट खेल्न थालेको सात वर्ष भयो ।

सात वर्षको अवधिमा सबै प्रतियोगितामा गरेर उनले तीन सय १९ खेल खेलिसकेका छन् । तर ओसासुनासँगको खेलमा गरेको गोल नै उनले बार्सिलोनाका लागि गरेको पहिलो गोल हो । ३२ वर्षका मास्चेरानो सन् २०१० मा लिभरपुलबाट बार्सिलोना आएका हुन् । उनले सिनियर क्लब फुटबलमा अहिलेसम्म तीन गोल गरेका छन् । उनले लिभरपुलमा तीन वर्ष खेले र दुई गोल गरेका थिए । क्लबबाट पहिलो गोल गर्न पाउँदा खुशी लागेको मास्चेरानोले बताए । पेनाल्टीमा उनले गोल गरेपछि टिमका साथीले उनलाई बधाई दिएका थिए । मास्चेरानो क्लबको महत्वपूर्ण खेलाडी रहेको र आफू उनको गोलबाट निकै खुशी रहेको प्रशिक्षक लुइस इन्ड्रिकले बताएका छन् ।

प्रकाशित मितिः २०७४ बैशाख १४

वि.सं.२०७४ वैशाख १४ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...