back
NMB ad

‘बापन्थीलाई दुई तिहाइ सहज’

Kumari bank ad

हेटौँडा । प्रतिनिधिसभाका लागि मकवानपुर क्षेत्र नं २ का उम्मेदवार एवं नेकपा (एमाले) का नेता विरोध खतिवडाले वाम गठबन्धनले सहजरुपमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

मनहरी वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा आज उनले वामपन्थीको प्रदेश र केन्द्र सरकार बनेपछि स्वास्थ्य, शिक्षा, रोजगारी, विकास निर्माण लगायतका कामले तीव्रता लिने ग्यारेन्टी गरे ।

कार्यक्रममा निवर्तमान सभासद् नेकपा (माओवादी केन्द्र)का नेता रामनारायण विडारीले अरु देश प्रविधिको विकासमा अघि बढ्दा नेपाल भने काँग्रेसले जालमा राखेकाले विकास हुन नसकेको दाबी गरे ।

मकवानपुर क्षेत्र नं २ प्रदेशसभा (ख) का उम्मेदवार राजाराम स्याङ्तानले यस क्षेत्रको भेगीय विकासका लागि आफूले योजना निर्माण गरेको, कतिपय योजना कार्यान्वयनमा रहेको र कतिपय तयारी अवस्थामा रहेकाले ती सबै काम पूर्ण गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

माओवादी केन्द्रबाट मकवानपुर क्षेत्र नं २ को प्रदेशसभाका समानुपातिक उम्मेदवार ओम घलान प्रदीप, काँग्रेसका पूर्वजिल्ला सचिव विष्णु दाहाल, एमालेबाट निर्वाचित वडाअध्यक्ष अनिल बानियाँ लगायतले गठबन्धन विजयी हुनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७४

वि.सं.२०७४ मंसिर १८ सोमवार २२:०१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...