"/>

भोलिबाट १० दिन चन्द्रागिरी केबलकारमा पचास प्रतिशत छुट, जाने हैन त !

काठमाण्डौं । चन्द्रागिरी केबलकारको व्यवसायिक शुभारम्भको अवसरमा केबलकारमा पचास प्रतिशत छुट हुने भएको छ। चन्द्रागिरी हिल्सका अनुसार यो योजना पुस ४ गतेदेखि १४ गतेसम्म लागु हुनेछ। तर यो छुट शुक्रबार, शनिबार र आर्इतबार भने पाइने छैन ।

कम्पनीका अनुसार चन्द्रागिरी भित्र रहेको खाद्य तथा पेय पदार्थमा यही अवधिमा १५ प्रतिशत छुट हुनेछ।साढे तीन अर्ब लगानीमा स्थापना भएको केबलकारको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गत बिहीबर गरेका थिए ।

३ पुस २०७३, ११।००

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com