back
NMB ad

डिपिएल क्रिकेटः धनगढी टिम चौराहा फाइनलमा, रुपन्देही हार्‍यो,विराटनगर किंग्ससँग खेल्ने

Kumari bank ad

काठमाडौ । धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल पुगेको छ । दोश्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो ।

धनगढीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देही १५ ओभर २ बलमा ८० रनमा सीमित भयो । ललित राजवंशी र सौरभ खनालले रुपन्देहीको ३/३ विकेट लिए ।

रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले १४ र पुष्प थापाले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रन बनाए । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन । यस्तै राजु रिजालले २५, अनिल मण्डलले १३, अमर रौतेलाले २४ रनको योगदान दिए ।

यस्तै विष्फोटक व्याटिङ गरेका सौरभ खनालले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुषाल र शाहब आलमले एक एक विकेट लिए । धनगढीले अब उपाधिका लागि विराटनगर किंग्ससँग खेल्नेछ ।

प्रकाशित मितिः २०७३ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार १६:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...