back
NMB ad

अनावश्यक विद्युत प्रयोग गरिरहनुभएकोछ ? ऊर्जामन्त्रीको कारवाहीमा पर्नु होला है !

Kumari bank ad

काठमाण्डौं । सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिएका छन् । विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा विद्युत् प्रयोग बढी भइरहेको पाइएपछि त्यसखालको परिपत्र गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

सिंहदरबारभित्रैका मन्त्रालय, सरकारी भवन तथा गैरसरकारी क्षेत्रमा समेत कार्यालय समयपछि समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा मन्त्री शर्माले उक्त निर्देशन दिनुभएको उनका स्वकीय सचिव विक्रान्त शर्माले जानकारी दिए।

यस्तै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग, अन्य आङ्गिक क्याम्पसमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको गुनासो मन्त्रालयको गुनासो सुनुवाइ इकाइमा प्राप्त भएको छ । सरकारी निकायले नै विद्युत् महसुल नबुझाएको भन्ने प्राधिकरणको दाबी र त्यस्तै निकायमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको पाइएपछि मन्त्रालयले परिपत्र गर्न लागेको हो ।

प्राधिकरणले यसअघि नै साँझ बढी विद्युत् माग हुने समयमा पानी तान्ने पम्प, हिटर, गिजरलगायत सामग्री प्रयोग नगर्न आग्रह गरिसकेको छ । दिउँसो काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिकामा सडक बत्ती बलिरहेको भन्ने सूचनाका आधारमा त्यस्ता सडक बत्ती निभाउन समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ ।

काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त गरेको र त्यसलाई नियमित रुपमा राख्न सबैको साथ र सहयोग जरुरी रहेको भन्दै प्राधिकरणले त्यसखालको सहयोगको अपेक्षा गरेको छ । साँझ ६ बजेदेखि राति नौ बजेसम्म उपत्यकालाई मात्रै ३१५ मेगावाट विद्युतको आवश्यकता पर्छ ।

८ मंसिर २०७३, १०।००

वि.सं.२०७३ मंसिर ८ बुधवार ११:०७ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...