
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनी मध्ये सर्वाधिक मूल्य रहेको युनिलिभर नेपालको चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा १२.५३ प्रतिशतले नाफा घटेको छ। नाफा घटेसँगै कम्पनीको प्रति सेयर आम्दानी २११ रुपैयाँबाट १८५ रुपैयाँमा सीमित भएको छ।
असोज मसान्त सम्ममा कम्पनीले १७ करोड तीन लाख रुपैयाँ मात्र कमाएकोछ । गत आर्थिक बर्षको यहि अविधमा कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बर्ष कम्पनीको बिक्रीमा ह्रास आएपछि नाफा ओरालो लागेको हो।
गत बर्ष पहिलो त्रैमासिकमा कम्पनीको बिक्री ९३ करोड ८५ लाख रुपैयाँको रहेकोमा यो बर्ष ६८ करोड २२ लाख रुपैयाँ मात्र रह्यो । कम्पनीको अन्य सञ्चालन आय भने छ करोड रुपैयाँले बढेर १८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। बिक्री घटेसँगै कम्पनीको खर्च दुई करोड ७० लाख रुपैयाँले घटेर २२ करोड ५७ लाख रुपैयाँमा झरेको छ।
८ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ८ बुधवार ११:१५ मा प्रकाशित