back
NMB ad

इपिएल टी–ट्वान्टी क्रिकेटः पञ्चकन्याद्धारा विशाल दुई विकेटले पराजित

Kumari bank ad

काठमाडौ । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई पराजित गर्दै फाइनल चरणमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा पाँच खेल खेलेको पञ्चकन्याले पाँचै खेलमा जित हासिल गर्दै १० अङ्क जोडेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको विशालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रनको योगफल तयार गर्यो । जवाफी ब्याटिङमा उत्रेको पञ्चकन्याले विशालले दिएको १४३ रनको लक्ष्यलाई २० ओभरमा २ विकेट गुमाउँदै भेटायो ।

विशालका लागि सागर पुन ४४, मञ्जीत श्रेष्ठले ४० रन तथा कप्तान पारस खड्काले २७ रन तथा जोडेता पनि त्यो जितका लागि पर्याप्त भएन । पञ्चकन्याका सुशील कँडेल र भुवन कार्कीले समान दुई÷दुई विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान एक÷एक विकेट लिए ।

पञ्चकन्याका आरिफ शेखले ४७ रन, पृथु बाँस्कोटाले २४ रन तथा सोनु तामाङले १४ रनको योगदान दिए । विशालका दिपेश श्रेष्ठले ४ विकेट लिए भने रामनरेश गिरीले दुई तथा सुशन भारी र सागर पुनले समान एक÷एक विकेट लिए । चार खेल खेलेको विशाल ५ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ ।

सोही मैदानमा आजै भएको पहिलोे खेलमा कलर्स एक्स फ्याक्टर्सले सुपर ओभरमा जगदम्बा राइनोजलाई पराजित गर्दै विजयी भएको थियो ।

प्रकाशित मितिः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार २०:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...