back
NMB ad

सबै दलको सहमतिमा ०७४ माघ ७ भित्रै निर्वाचनः प्रधानमन्त्री दाहाल

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको हितका लागि वर्तमान सरकार तीन वटा निर्वाचन २०७४ साल माघ ७ गतेभित्रै सम्पन्न गराउन लागिपरेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई यहाँ सम्बोधन गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य शर्त भएको र उक्त शर्त पूरा गर्न सरकार सबै साधन र स्रोत परिचालन गरेर लागिपरेको बताए ।

“स्थानीय निकायको निर्वाचन, प्रान्तीय निर्वाचन र केन्द्रीय निर्वाचन गराउनु सरकारको प्रमुख दायित्व हो । ती निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुन्छ, त्यसका लागि सबै दलको पूर्ण सहमति र सहकार्य आवश्यक छ । सबै दलको सहमतिमा निर्वाचन सम्पन्न हुन्छ ”– प्रधानमन्त्री दाहालले भने ।

संविधानसभाको पहिलो निर्वाचनको प्रसङ्ग जोड्दै प्रधानमन्त्रीले भने, “सो निर्वाचन गराउने स्व. गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । तर उहाँले मुलुकका लागि निर्वाचन गराउनुभयो, मुलुकलाई जिताउनुभयो । अहिले पनि हामी सरकारमा छौँ, जनताका पक्षमा काम गरेनौं र प्रक्रिया मिलाएनौं भने हामी हार्न पनि सक्छौँ तर मुलुकले जित्नुपर्छ, नेपाली जनता विजयी हुनुुपर्छ ।” उनले भने ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय आवश्यकताका आधारमा संविधानलाई सर्वस्वीकार्य बनाउन र सबैलाई अपनत्व दिन लागिपरेको र सो दिशामा केही दिनमा नै सफलता हात लाग्ने स्पष्ट पारे ।

प्रकाशित मितिः २०७३ असोज १४

वि.सं.२०७३ असोज १४ शुक्रवार २०:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...