back
NMB ad

साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा शाक्य

Kumari bank ad

काठमाडौँ । साना तथा मझौला व्यवसायी महासंघको अध्यक्षमा गुह्यरत्न शाक्य निर्वाचित भएका छन् । महासंघको चौथो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले शाक्यको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

महासंघले देशभरका ५० जिल्लाका प्रतिनिधि तथा वस्तुगत, एशोसिएट र अन्य क्षेत्रका प्रतिनिधिको सहभागितामा भएको सो सभाले सो कार्यसमितिको पदेन अध्यक्षमा निवर्तमान अध्यक्ष जंगबहादुर श्रेष्ठ, सहअध्यक्षमा गणेशबहादुर सुवेदी, वरिष्ठ उपाध्यक्षमा गिरिराज गौतम, प्रथम उपाध्यक्षमा सरोज श्रेष्ठ र चन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा बलराम भण्डारी, मदन महर्जन र हिराबहादुर प्रधान, तृतीय उपाध्यक्षमा नरेशप्रसाद सिंह, शैलेन्द्रमोहन झा र चतुर्थ उपाध्यक्षमा मोहिनी विलास लुइँटेल निर्वाचित भएका छन् ।

त्यस्तै महिला उपाध्यक्षमा यमुनादेवी श्रेष्ठ र विष्णु घर्तीमगर निर्वाचित भएका छन् भने वस्तुगत संघमध्येबाट उपाध्यक्षमा माधव केसी, एशोसिएट सदस्यमध्येबाट उपाध्यक्षमा विजु शाक्य, महासचिवमा सुमन सुवाल, कोषाध्यक्षमा धर्मनन्द श्रेष्ठ, सचिवमा विश्वराम दुवाल, सहकोषाध्यक्षमा यज्ञबहादुर थापा निर्वाचित भएको महासंघले जनाएको छ ।

शाखा÷जिल्ला संघबाट केन्द्रीय सदस्यमा केदारकुमार कटुवाल, सलिना लामा, सुवास महर्जन, कृष्णप्रसाद शर्मा, शर्मिला कार्की, रेखाबहादुर अधिकारी, छेटुप तामाङ र कोमलप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

२०७४ पुस ३० गते प्रकाशित

वि.सं.२०७४ पुस ३० आइतवार १७:१० मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...