back
NMB ad

चेपाङ बालबालिकालाई सहयोग

Kumari bank ad

चितवन । चितवनको रत्ननगरमा बसोबास गरिरहेका चेपाङ बालबालिकालाई लायन्स क्लब अफ काठमाडौ मनहराले आज लत्ताकपडासहित आर्थिक सहयोग प्रदान गरेको छ ।

शिक्षा आर्जनका लागि सहयोग पु¥याउने उद्देश्य रु ५० हजार नगदसहित एक सयभन्दा बढी चेपाङ बालबालिकालाई पुग्ने लत्ताकपडा सहयोग गरिएको क्लबका अध्यक्ष प्रमोद फुयाँलले जानकारी दिए ।

क्लबले गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा सो रकम तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो । सो केन्द्रमा जिल्लाका विभिन्न विकट ठाउँमा पढ्न नपाएर बसेका एक सयभन्दा बढी चेपाङ बालबालिका आवासीय रुपमा बस्दै आएका छन् ।

उनीहरु अहिले नजिकै रहेको पञ्चतेज ज्योति आधारभूत शिक्षालयमा पढ्दै आएका छन् । उक्त स्कुलमा अङ्ग्रेजी शिक्षाको पठनपाठनसमेत यो वर्षबाट औपचारिक रुपमा थालनी गरेकाले सहयोगस्वरुप प्राप्त उक्त रकमबाट ती बालबालिकाको अङ्ग्रेजी शिक्षामा खर्च गरिने शिक्षालयका प्रधानाध्यापक रामबहादुर मगरले जानकारी दिए।

यसअघि पनि लायन्स क्लब अफ काठमाडाँै मनहराले चेपाङ बालबालिकालाई पटक÷पटक सहयोग गर्दै आएका छन् ।
प्रकाशन मितिः २०७४ जेठ २०

वि.सं.२०७४ जेठ २० शनिवार १४:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...