back
NMB ad

उपत्यकाबाट ४० मेट्रिक टन फोहर व्यवस्थापन

Kumari bank ad
काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइ महाअभियानको २१२ औँ हप्तामा आज विश्व वातावरण दिवसको अवसर पारेर त्रिपुरेश्वरदेखि पशुपति राममन्दिरसम्म साइकल ¥यालीसहित पशुपति क्षेत्रमा विशेष सफाइ गरियो । 

आजको वाग्मती सफाइबाट नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिए । 

साइकल ¥यालीको आयोजना जनसङ्ख्या तथा वातावरण मन्त्रालयले गरेको थियो । मन्त्रालयले वाग्मती सफाइ महाअभियानलाई १०० जोर बूट, ५०० जोर पञ्जा र ५०० जोर मास्क पनि उपलब्ध गराएको थियो । 
सफाइमा ५०० भन्दा बढीको सहभागिता थियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेसी डेकोर, युरेसिया रेयुकाइ, एक्सिस स्कुल, ग्लोबल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एसजिआई, साया समूह, फ्रेन्डस क्लब ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्थालगायत संस्थाको सक्रिय सहभागिता थियो । 

सफाइमा जनसङ्ख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, पूर्व सचिव किशोर थापा, डा राजु अधिकारी, एलपी भानु शर्मा, अर्जुन धरेल, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, हेमराज कार्कीलगायतको सहभागिता थियो । 

पुडासैनी मैत्री समाज र ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’ले गुह्येश्वरमाथिको वाग्मतीमा गरेको १७३ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका– ५ स्थित वाग्मतीवाटिका स्तम्भमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता थियो । 

सो अवसरमा नदी किनारमा बनाइएको बगैँचामा पनि सरसफाइ गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए। 
यसैगरी रुद्रमती सफाइको १७१ औँ हप्तामा काठमाडौँ महानगरपालिका– ९ मा जनचेतनामूलक घरदैलो अभियानसहित पशुपति राममन्दिरसम्म ¥यालीसहित सरसफाइ गरियो । 

आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए । सफाइमा वडा नं –३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्यको पनि सहभागिता थियो । 

विष्णुमती सफाइको १४३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी ६ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक सय ५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । 

तिलगङ्गा महिला समूहले तिलगङ्गास्थित वाग्मती किनारमा २० जनाको सहभागितामा गरेको एक सय २० औँ हप्ताको सफाइ तिलगङ्गादेखि पशुपति राममन्दिरसम्म ¥यालीसहित सफाइ गरिएको अध्यक्ष आशा पाण्डेले जानकारी दिए । 

यसैगरी चक्रपथ सफाइको आठौँ हप्तामा आज चक्रपथ सफाइ ग्रिनसिटी अस्पतालबाट पश्चिमतर्फ सामाखुसीस्थित तलेजु पेट्रोल पम्पसम्म सफाइ गरी २२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीलगायत ५५० अभियानकर्मीको सक्रियता थियो । सफाइमा श्वेताश्री फाउन्डेसन र भद्रगोल समूहको पनि सहभागिता थियो । 





प्रकाशित मितिः २०७४ जेठ २०

वि.सं.२०७४ जेठ २० शनिवार १४:११ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...