back
NMB ad

आरोही फर्किएपछि सगरमाथा आधारशिविर सुनसान

Kumari bank ad

सोलुखुम्बु । हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेपछि अहिले सगरमाथा आधारशिविर सुनसान देखिएको छ ।
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न गएका आरोही फर्किसकेकाले सगरमाथा आधारशिविर अहिले सुनसान देखिएको हो ।
आरोहणको मुख्य मौसम (चैतको दोस्रो हप्तादेखि जेठको दोस्रो हप्तासम्म)यो आधारशिविर हजारौँ आरोहीले भरिएका हुन्छन् ।

अहिले त्यहाँ सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका फोहर सङ्कलन गर्ने कर्मचारी र अन्य एकाध मजदुर मात्र बाँकी रहेको एसपीसीसीका कार्यक्रम संयोजक कपिन्द्र राईले जानकारी दिए ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न आउने आरोहीले जेठ १५ (मे २९०) भित्र आरोहण गरिसक्नुपर्ने र जेठ १८ गते (जुन १०) भित्र आधारशिविर खाली गरिसक्नुपर्ने नियम छ । धेरैजसो आरोही जेठको १४ र १५ गते नै फर्किएका थिए ।

‘सिजनमा त बजार जस्तै हुन्थ्यो, कोही काम गर्ने, कोही सामान ओसार्ने, कोही हिमाल चढ्न जाने, त्यतीवेला त्यहाँ बसुँबसुँजस्तो लाग्थ्यो, अहिले त सुनसान भइसक्यो’–कार्यक्रम संयोजक राईले भने ।

आधारशिविरको सरसफाइ गरिरहेका कमिटीका सदस्य फर्केपछि सगरमाथा आधारशिविर पूर्णरुपमा सुनसानमा परिणत हुनेछ ।
श्रोत  रासस
प्रकाशित मितिः २०७४ जेठ २०

वि.सं.२०७४ जेठ २० शनिवार १३:४६ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...