back
NMB ad

घरजग्गाका बारेमा जान्न चाहनुहुन्छ ? यो सुनौलो अवसर हुन सक्छ

Kumari bank ad

काठमाण्डौं । घरजग्गाको व्यापार प्रवर्द्धनका लागि शुक्रबारदेखि भृकुटीमण्डपमा घरजग्गा तथा आवास मेला हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मेलामा सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको समेत सहभागी छन्।

मेला अवधिमा नेपालमै पहिलो पटक चैत्र २८ गते ुहाउजिङ समिटु पनि हुनेछ। हाउजिङ समिटको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने छन्। संघका अध्यक्ष ईच्छाराज तामाङले मेला घरजग्गा कारोबार गर्ने थलो मात्रै नभएर घर निर्माणका बारेमा जानकारी समेत दिइने बताए। संघका महासचिव मीनमान श्रेष्ठले नेपालमा मापदण्ड अनुसार अपार्टमेन्ट निर्माण भएकोले भूकम्पले कुनै असर नगरेको बताए।

संघका उपाध्यक्ष ओमराज राजभण्डारीले घरजग्गाबाट अलग भएर कोही पनि बाँच्न नसक्ने बताए।मेलामा १ सय २० स्टल रहनेछन् ।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण समाग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्ट। बैंक र बीमाका स्टल रहनेछन्।

२३ चैत २०७३, बिजमाण्डु, ११।००

 

वि.सं.२०७३ चैत २३ बुधवार ११:३१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...