back
NMB ad

के तपाईको घरको नक्सा पास भएको छैन ? अब यसो गर्नुहोस् !

Kumari bank ad

काठमाण्डौं । स्वीकृत भवन निर्माण इजाजतपत्र (नक्सा)मा भएको भन्दा तला थपेर वा संरचना हेरफेर गरी निर्मित घर भवन अवैध मानिन्छन् । घरको लगत अद्यावधिक राख्न निवेदन संकलन गरी यसरी स्वीकृत नक्साभन्दा फरक संरचनामा वा बढी तला थपेका घरलाई कानुनी मान्यता दिने तयारी महानगरपालिकाले थालेको हो ।

‘कतिपयले नक्सापास गर्दा दुई÷तीन तलाको स्वीकृति लिने र निर्माण गर्दा पाँच÷सात तला घर बनाउने गरेका छन्,’ महानगरपालिका नक्सा विभागका एक अधिकारीले भने, ‘यस्ले स्वयं घरधनी नै समस्यामा पर्छन् ।’ उनका अनुसार फिल्डमा जाने महानगरपालिकाकै प्राविधिक टोलीले आर्थिक चलखेल गरी फोटोसपजस्ता कम्प्युटर सफ्टवेयरबाट घरको तस्बिर हेरफेर गरी निर्माण सम्पन्न इजाजतपत्र दिलाउने गरेका छन् ।

उनले प्रमाणपत्र एउटा र संरचना फरक हुँदा बिक्रीवितरण गर्दा मालपोतमा समेत आर्थिक चलखेल हुने बताए । त्यस्तै बैंकमा घर धितो राखेर ऋण लिँदा पनि झन्झट हुन्छ । महानगरपालिकाको अनुमान अनुसार राजधानीका करिब ५० प्रतिशत घर स्वीकृत नक्साभन्दा बढी तला थपेर बनाइएका छन् ।

महानगरपालिकाले गत बुधबार घरको लगत अद्यावधिक राख्न नक्सा पास भएका र नभएका सबै घर भवनको विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ । गत असार मसान्तसम्म निर्माण सम्पन्न भएका सबै घरले पुस मसान्तभित्र महानगरपालिकामा विवरण उपलब्ध गराइसक्नुपर्ने महानगरले जनाएको छ ।

तोकिएको समयमा विवरण उपलब्ध नगराए स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार कारबाही गरिने महानगरपालिकाले जनायो । विवरण उपलब्ध गराउने घरमा मात्रै महानगरपालिकाबाट दिइने सेवा सुविधा उपलब्ध हुने समेत उसले जनाएको छ ।

घरको विवरण आएपछि महानगरभित्र बनेका घरको एकिन तथ्यांक समेत उपलब्ध हुनेछ । एकिन तथ्यांकपछि प्राकृतिक विपत्तिमा सेवा सुविधा दिन र विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ ।
सुरुमा घरको तथ्यांक अद्यावधिक गरिनेछ । त्यसका लागि जग्गाधनी प्रमाणपत्र, नक्सा स्वीकृत प्रमाणपत्र, निर्माण सम्पन्न प्रमाणपत्र, कर तिरेको प्रमाणपत्रसहित निवेदन दिनुपर्ने हुन्छ । निवेदनपश्चात् कानुन अनुसार र कानुनविपरित निर्मित घर छुट्याइने छ । अवैध घरलाई कानुनी मान्यता दिन नक्सा भन्दा फरक संरचना वा बढी तला निर्माण भए अनुसारकै निर्माण सम्पन्न इजाजतपत्र दिइनेछ । इजाजतपछि ती घर वैध हुनेछन् ।

१२ मंसिर २०७३, १२।००

वि.सं.२०७३ मंसिर १२ आइतवार १३:०० मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...