
काठमाण्डौं । बोटलर्स नेपाल (तराई)ले आफ्ना लगानीकर्तालाई प्रति सेयर २५ रुपैयाँ दिने निर्णय गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै कम्पनीले ३० औं वार्षिक साधारण सभाको लागि अगामी मंसिर २६ गते देखि पुस ११ गतेसम्म सेयरधनी पुस्तिका बन्द रहने पनि निर्णय गरेकोछ ।
१२ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर १२ आइतवार १२:१६ मा प्रकाशित