back
NMB ad

एनएसीको काठमाडौ–दुबई सिधा उडान सुरु

Kumari bank ad

काठमाडौ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (एनएसी)को काठमाडौ–दुबई सीधा उडान सुरु भएको छ । विमान अभावका कारण बन्द भएको झन्डै चार वर्षपछि निगमले पुनः बिहीबार देखि नियमित उडान सुरु गरेको हो । बिहीबार राति ११ः२० बजे १५८ यात्रु लिएर दुबई उडेको निगमको एयरबस शुक्रबार बिहान १०ः२५ बजे काठमाडौ फर्किएको निगमले जनाएको छ ।
निगमका अनुसार १५८ सिट क्षमताको ए– ३२० एयरबस काठमाडौ बाट क्याप्टेन रवीन्द्रपुरुष ढकालको नेतृत्वको चालक दलले उडान गरेको थियो भने दुबईबाट फर्कंदा क्याप्टेन विजय लामा नेतृत्वको आठ सदस्यीय टोलीले उडाएको थियो ।
उक्त जहाज निगमको नियमित तालिकाअनुसार सातामा तीनवटा उडान भर्नेछ । काठमाडौ बाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ ।
काठमाडौ बाट दुबई उडान अवधि चार घन्टा ४० मिनेट र दुबईबाट काठमाडौ आउन चार घन्टा १५ मिनेट लाग्ने बताइएको छ । निगमले काठमाडौ–दुबई उडानको सुरुको प्रवद्र्धनात्मक भाडा दर दुईतर्फी ३२ हजार रुपैंया तोकिएको निगमले जनाएको छ ।

निगमले हाल दुई एयरबस र एउटा बोइङ जहाजमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । हाल निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैङ्लोर, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, कतारको दोहा र हङ्कङमा उडान भर्दै आएको छ । दुबई उडान सुरु गरेपछि निगमको आठवटा उडान गन्तव्य पुग्नेछ ।
यसअघि वि.सं २०४१ माघदेखि दुबईमा सुरु भएको निगमको व्यावसायिक उडान सन् २०१२ अगस्टदेखि बन्द भएको थियो ।

प्रकाशित मिति :२०७३ भदौ ३

वि.सं.२०७३ भदौ ३ शुक्रवार १८:३९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...