back
NMB ad

नेपाल वायुसेवा निमग र एएआरबीच २ नयाँ एयरबस खरिद सम्झौता !

Kumari bank ad

काठमाडौ। नेपाल वायुसेवा निगमले अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग दुईवटा वाइडवडी जहाज खरीद सम्झौता गरेको छ। निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकार र एएआरका अन्तर्राष्ट्रिय सप्लार्इ चेन प्रेसिडेन्ट दीपक शर्माले जहाज खरीद सम्झौंतामा हस्ताक्षर गरेका छन्।

मन्त्रालय,निगम संचालक समिति र व्यवस्थापनको लामो छलफलपछि सम्झौंतापत्रको बुँदा तयार पारि शुक्रबार हस्ताक्षर भएको बताईएको छ । सम्झौता अनुसार एएआरले एयरवस कम्पनीको ए ३३०–२२० सिरिजका दुर्इवटा वाइडबडी जहाज निगमलार्इ दिनेछ। पहिलो विमान सन् २०१८ को अप्रिलसम्म आइसक्ने गरी सम्झौता भएको हो । सम्झौताअनुसार दोस्रो विमान सन् २०१८ को मेसम्ममा आइपुग्नेछ ।

अहिले नेपालले किन्न लागेको विमान अन्तरार्ष्ट्रिय बजार मूल्य भन्दा सस्तो परेको बताईन्छ ।दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्ने गरी सम्झौता भएको छ । पोर्चुगिज एभिएसन कम्पनी हाइफ्लाइले एयरवससँग खरीद अर्डर गरेपनि कम्पनी ऋणमा रहेको कारण जहाज किन्न नसक्ने भएपछि कर्पोरेसनले सकारेर निगमलाई बेच्न लागेको हो। कुल दुईसय ८० सिट क्षमताका दुइवटा जहाजमा १६ वटा विजनेस क्लास सीट हुनेछ।

१६ वटा विजनेस क्लास सीट राख्नका लागि स्वीकृति दिइसकेको र बाँकी दुईसय ६४ वटा सिट इकोनोमिक क्लासका हुने उनले बताए। वाइडबडी विमान ल्याएपछि निगमले काठमाडौंबाट लण्डन, सिंगापुर, सिड्नी लगायत चीनका बिभिन्न गन्तव्यमा सिधा उडान गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मितिः २०७३ चैत २५

वि.सं.२०७३ चैत २५ शुक्रवार १७:४६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...