back
NMB ad

नेपालको सेयर बजार कतिबेला बढ्छ वा कतिबेला घट्छ ? थाहा पाउनुहोस् !

Kumari bank ad

हरिशरण न्यौपाने । सेयर मूल्यलाई विभिन्न तत्व एवं सूचनाहरुले सकारात्मक वा नकारात्रुपमा दुवै हिसाबले प्रभाव परिरहेको हुन्छ । यस्तैमा नेपालको सेयर बजारमा विभिन्न समयमा विभिन्न किसिमका समाचार एवं तत्वहरुले प्रभाव पारेका छन् ।

विभिन्न समयमा आएको उत्तारचढावलाई हेर्ने हो भनै निम्न कारण नेपालको सेयर बजार बढ्ने वा घट्ने गरिरहेको देख्न सकिन्छ ।

१. प्राथमिक बजारमा राम्रा एवं नाफामूलक कम्पनीहरुले सेयर निष्काशन गरेको समयमा सूचिकरण भएका कम्पनीहरुको सेयर मूल्य घट्ने गरेको छ ।

२. विभिन्न समयमा भएको सकारात्मक राजनीतिक परिवर्तनले सेयर बजारलाई बढाएको छ भने राजनीतिले पारेको निराशाले सेयर मूल्यलाई घटाएको छ ।

३. कम्पनीहरुसँग सम्बन्धीत सकारात्मक र नकारात्मक सूचनाहरुले नेपालको सेयर मूल्यमा तिव्र परिवर्तन ल्याउने गरेको छ ।

४. नाफा आर्जन गरेका कम्पनीहरुले लाभाँश घोषणा गरिसकेपछि अर्थात् लाभाँश दिने सूचनाहरु बजारमा आएपछि बुक क्लोज हुनुभन्दा अगाडि सेयरको मूल्य बढ्ने गरेको छ । कम्पनीहरुले लाभाँश घोषणा वार्षिक साधारणसभाभन्दा अगाडि गर्ने हुँदा वार्षिक साधारणसभा हुनुभन्दा अगाडि सेयरको मूल्य बढ्ने गरेको छ ।

५.यता लाभाँश घोषणामा नगद लाभाँशको घोषणा गरेका कम्पनीहरुको भन्दा बोनस सेयर घोषणा गरेका कम्पनीहरुको सेयर मूल्य बढिले बढ्ने गरेको छ । लाभांश घोषणा गर्ने कम्पनीहरुमा फाइनान्स तथा बिमा कम्पनीभन्दा बाणिज्य बैंकहरुको सेयरमूल्य तीव्र गतीमा बढ्ने गरेको छ ।

६.लगानीकर्तालाई नाफा बाँडिरहेका जुन कम्पनीहरु छन् ती कम्पनीले लाभांश वितरण नगर्ने घोषणा हुँदा सेयर मूल्य घट्ने गरेको छ ।

७.बजार नियमन गर्ने अधिकार बोकेर बसेका नियमनकारी निकायले बजारप्रति कडा निगरानी गरेका समाचार तथा नियमनकारी निकायका अधिकारीको अन्तवार्ता एवं बजारमा सट्टेबाजहरुले चलखेल गरेका सम्बन्धी समाचारहरुले पनि नेपालको सेयर मूल्यलाई तिव्र गतीमा घटबढ गराई बजार प्रभावित हुँदै आएको छ ।

८.संचारमाध्यममा सेयर बजार सम्बन्धी नकारात्मक सूचना आएमा वा संचारमाध्यमले आवश्यकताभन्दा बढि चर्चा गरेमा पनि सेयर मूल्यमा तिव्र परिवर्तन आउने गरेको छ । संचारमाध्यमको सकारात्मक चर्चाले बजार र मूल्यमा सकारात्मक प्रभाव पार्ने गरेको छ भने नकारात्मक चर्चाले नकारात्मक प्रभाव पार्ने गरेको छ ।

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १०:३१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...