back
NMB ad

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीचको भेटघाटमा के कुरा भयो ?

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ ।

सिंहदरबार स्थित संसद् सचिवालयमा भएको भेटवार्तामा प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री नेपालबीच नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)बीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा (एमाले) नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिएका छन् ।

भेटघाटमा संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ ।

प्रकाशित मितिः २०७३ भदौ २५

वि.सं.२०७३ भदौ २५ शनिवार १७:५७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...