back
NMB ad

नेपाली फुटबल : के आज नेपालले इतिहास रच्ला ?

Kumari bank ad

काठमाण्डौं । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला फुटबलमा स्वर्ण पदकका लागि आज सोमबार नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको महिला फुटबलको फाइनल सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा दिउँसो ४।१५ बजे हुँदैछ भने नेपाल र भारतबीचकै पुरुष फुटबलको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७।१५ बजे हुनेछ ।

पुरुष फुटबलअन्तर्गत शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको हो भने भारत बङ्गलादेशलाई ३–० ले हराएर फाइनलमा पुगेको हो ।

नेपालले अहिलेसम्म दुई पटक साफ फुटबलमा स्वर्ण पदक जितेको छ सन् १९८४ र सन् १९९३ मा । सन् १९९३ मा साफ गेम्समा नेपालले भारतलाई नै हराएर फुटबलमा स्वर्ण पदक जितेको थियो। त्यतिबेलाका नेपाली फुटबल टिमका कप्तान राजुकाजी शाक्य अहिले नेपाली टिमका प्रशिक्षक छन् भने पछिल्लो एक महिनामा तीन पटक ह्याट्रिक गरेका स्ट्राइकर नवयुग श्रेष्ठ पनि यो खेल खेल्दै छन् । तर सेमिफाइनलमा रातो कार्ड बेहोरेका डिफेन्डर कमल श्रेष्ठ फाइनलमा उपलब्ध हुने छैनन् ।

त्यस्तै, महिला फुटबलले ६ वर्षअघि ढाकामा भएको ११ औं संस्करणबाट सागमा प्रवेश पाएको थियो । यस पटक महिलातर्फ दक्षिण एसियाका पाँच टोली ९नेपाल, भारत, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्का०मध्ये राउण्डरोबिनका आधारमा अङ्क तालिकामा नेपाल पहिलो र भारत दोस्रो हुँदै सिधै फाइनलमा प्रवेश गरेका हुन् । सार्कस्तरमा धेरैपटक फाइनल खेल खेलेको नेपालले महिला फुटबलमा अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन। आज नेपालले दुबै खेलामा इतिहास रच्ने मौका पाएकोछ ।

३ फागुन, २०७२ / ११.००

वि.सं.२०७२ फागुन ३ सोमवार ११:२८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...