back
NMB ad

सार्वजनिक जग्गामा आँखा लगाउने भ्रष्ट र अपराधिहरूलाई कारवाही गर्न सांसदको माग 

Kumari bank ad

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद उदय नेपाली श्रेष्ठले जग्गा दलालीको जालो निक्कै डरलाग्दो भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा सरकारी, सार्वजनिक एवम् गुठी जग्गा संरक्षण संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद नेपालीले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

सांसद नेपालीले भने,‘सरकारी जग्गा, गुठी जग्गा, सार्वजनिक जग्गा नीजिकरण गर्ने जालो सानो छैन्, यो कदम उठाउनु संघर्ष समितिको चुनौतिपूर्ण काम हो, मेरो यसमा पुरै सहमति छ, यतिका निवेदन पर्दा समेत सरकारी निकाय नै मौन हुनुले निक्कै शंका उब्जाएको छ, अनुशासन समितिबाट हामी यसकाबारेमा गम्भिर अध्ययन, अनुसन्धान र दोषीलाई कडा कारवाही गर्नको लागि फाईल अघि बढाएका छौँ, अर्कोतर्फ हामीले अख्तियारलाई समेत सहयोग गरी दोषीलाई कानूनको घेराभित्र राखौँ भनेर सहयोगको लागि आग्रह गरेका छाँै ।’
सांसद नेपालीले अदालतको सम्मान गर्ने बताउँदै भने,‘हामी अदालतको सम्मान गछौँ तर अदालतलाई समेत गुमराहमा राखेर जग्गा दलालीहरुले सार्वजनिक जग्गा नीजिकरण गर्ने साहस गरिरहेका छन्, त्यस्ता भ्रष्ट र अपराधिहरूलाई कुनै पनि हालतमा कारवाही गर्नुपर्छ।’

त्यस्तै कार्यक्रममा माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले भू–माफियाहरूले सर्वसाधारण जनतालाई झुक्याउने, धम्की दिने काम गरिरहेको आरोप लगाएका छन् ।
उनले भने,‘यदि हिम्मत छ भने मलाई गोलि हान, सर्वसाधरण जनता र सार्वजनिक जग्गामा आँखा नलगाउ, अब तिमीहरु कानुनको बलियो फन्दामा पर्ने दिन नजिंकिदै छन्, अब हामी कुनैपनि हालतमा छोड्नेवाला छैनौ।’
त्यस्तै संघर्ष समितिका संयोजक एवम् अधिवक्ता अर्जुन बासुले राजधानीको मुटु प्रधानमन्त्रीजस्तो उच्च पदस्थ बस्ने बालुवाटारको जग्गा समेत नीजिकरण गर्ने साहस गरिरहेको अवस्थामा सरकारी निकाय नै चुप लागेर बस्नुमा ठुलो चलखेल रहेको पुष्टि हुने स्पष्ट पारे ।
त्यस्तै समितिका महासचिव युवराज कोईरालाले भू–माफियाहरूले सरकार र अदालतलाई समेत दिग्भ्रमित पार्ने खालका काम गरेर सार्वजनिक रोक्का गरिएका जग्गा समेत बिक्रि गरिहरको बताए ।
उनले भने,‘संसदले समेत गरेको निर्णयलाई अटेर गरेका संरचना निर्माण गर्ने जग्गा बिक्रि गर्नेजस्ता कामहरु गरिरहेका छन्।’
भू–माफिया मात्रै भन्नुहुन्छ तर तोकेर कसैको नाम तोक्नुहुदैन नि भनेर पत्रकारले गरेको प्रश्नको जवाफमा कोईरालाले रुक्मशमशेर राणा, शैलजा राणा, हाटक शमसेर जबरा, सुनीति राणा लगायत व्यक्तिहरुले बिचाराधिन अवस्थामा रहेका जग्गाहरु बिक्रि गरेका छन्।’
उनले अघि थपे,‘हाल भाटभटेनी डेप्लभमेन्ट प्रा.लिको नाममा जग्गा गएको छ, उहाँहरुले जान्दा जान्दै उपभोग गर्नुभएको छ, मिन बहादुर गुरुङ, शोभाकान्त ढकाल, राम कुमार सुवेदी लगायत व्यक्तिहरू पनि यस कार्यमा कतै न कतै दोषि देखिएका छन्।’
प्रकाशित मितिः २०७४ साउन १२

वि.सं.२०७४ साउन १२ बिहीवार १४:२३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...