back
NMB ad

स्वास्थ्य मन्त्रालय र प्याब्सनबीच विद्यालयमा नर्स राख्ने विषयमा सम्झौता !

Kumari bank ad

काठमाडौ। निजी विद्यालयहरुमा अनिवार्य नर्स राख्ने विषयमा स्वास्थ्य मन्त्रालय र निजी विद्यालयहरुको छाता संस्था प्याब्सनबीच सम्झौता भएको छ । विद्यालय हाताभित्र पेय पदार्थ र जंक फुडमा प्रतिवन्ध लगाउने लगायतका बुँदामा पनि सम्झौता भएको छ ।

विश्व धुम्रपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सुचना केन्द्रद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्रालयका तर्फबाट राष्ट्रिय स्वास्थ्य, शिक्षा तथा सूचना केन्द्रका निर्देशक बद्रीबहादुर खड्का तथा प्याब्सनका तर्फबाट प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले उक्त सम्झौता पत्रमा संयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता पत्रमा मेरो वर्ष अभियानको ५ प्रतिवद्धतालाई प्रवर्द्धन गरी बालबालिकाहरुमार्फत घर परिवारसम्म पुर्‍याई व्यवहार प्रवर्द्धन तथा अवलम्बन गर्न अभिप्रेरित गर्ने, एक विद्यार्थी एक खेलकुद भन्ने नाराका साथ प्रत्येक विद्यार्थीलाई कुनै एक खेलकुदमा सहभागी गराउने, विद्यालय हाताभित्र गुलियो पेय पदार्थ तथा जंकफुड प्रवेशमा रोक लगाउने तथा अभिभावकलाई पोषिलो खानेकुरा पठाउन जोड दिने, प्रत्येक विद्यालयमा एक नर्स वा स्वयंसेविकाको व्यवस्था गर्ने उल्लेख छ ।

त्यसैगरी, मन्त्रालयका तर्फबाट विद्यार्थीको व्यवहार परिवर्तनका लागि आवश्यक चेतनामुलक अध्ययन सामग्री उपलब्ध गराउने तथा स्वास्थ्य जाँच र परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थाहरुलाई सहयोग गर्न निर्देश गर्ने तथा विद्यालयमा कार्यरत नर्सको क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिमको व्यवस्था गर्ने सहमति भएको छ ।

सहमतिबारे बोल्दै प्याव्सनका अध्यक्ष विजय सम्बाहाम्फेले यसलाई पूर्ण कार्यान्वयमा ल्याइने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मितिः २०७४ जेठ १८

वि.सं.२०७४ जेठ १८ बिहीवार १३:५१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...