back
NMB ad

एसएलसीमा सी ग्रेडभन्दा नि कम आए के हुन्छ ?

Kumari bank ad

काठमाडौं । एसएलसी परीक्षामा कम्तीमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी मात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् । एसएलसी उत्तीर्ण शैक्षिक योग्यता भएका परीक्षार्थीहरु खरिदार वा सो सरहको परीक्षाका लागि सामान्यतः योग्य ठहरिन्छन् । लोकसेवा आयोगले हालै शिक्षा मन्त्रालयसँग समन्वय गरेर खरिदार परीक्षाका लागि शैक्षिक योग्यता निर्धारण गरेको हो ।

लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने, ‘अब खरिदारको परीक्षा दिनका लागि ग्रेड प्वाइन्ट एभरेज ९जीपीए० कम्तीमा २ वा २ भन्दा माथि हुनुपर्छ । यो भनेको ‘सी’ वा ‘सी’ भन्दा माथिको ग्रेड हो ।’

राष्ट्रिय परीक्षा बोर्डले गत वर्षदेखि नौ वटा ग्रेडमा एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्दै आएको छ । एसएलसी परीक्षाको प्राप्ताङ्कका आधारमा विद्यार्थीहरुले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’, ‘सी’, ‘डी प्लस’, ‘डी’ र ‘ई’ ग्रेड पाउँछन् । तर, खरिदार पदका लागि शैक्षिक योग्यता के हो भन्ने अन्योल थियो ।

अब भने त्यो अन्योल अन्त्य भएकोले खरिदार पदको विज्ञापन खुलाउने तयारी गरेको लोकसेवा आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता कोइरालाले भने, ‘आगामी बुधबार खरिदार पदको विज्ञापन खोल्छौं । यो ग्रेड सिस्टमको पहिलो परीक्षा हुनेछ, जसमा सहभागी हुन एसएलसीमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्छ ।’

प्रकाशित मितिः २०७३ फागुन १९

वि.सं.२०७३ फागुन १९ बिहीवार १४:४८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...