back

सकिनै लाग्यो रगत भर्ने झोला

काठमाडौं: भारतले लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोलाको अभाव हुन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था आएको छ ।

अस्पतालका अनुसार बाँकी झोलाको पनि दुई साताभित्रै प्रयोग मिति सकिँदैछ ।

‘पहिलो स्टकको म्याद सोमबारै सकियो । पछिल्लो स्टकमा रहेकाको म्याद पनि ३० नोभेम्बरमा सकिँदैछ,’ टिचिङ अस्पतालका उपनिर्देशक डा. पे्रम खड्काले नागरिकसँग भने । टिचिङमा मात्र मासिक २ हजार ब्याग खपत हुने गरेको तथ्यांक छ ।

दुई साताभित्र आवश्यक ब्याग आपूर्ति हुन नसके सिकिस्त बिरामीको उपचारमा समस्या हुने र बिरामीको ज्यानै जोखिममा पर्ने निर्देशक खड्काले सचेत गराए ।

‘डिलरले ल्याउन नसकेको जवाफ दिएका छन्, यस्तै स्थिति रहे दुई सातापछि काम ठप्पै हुन्छ,’ उनले भने । यस्तो ब्याग चीनबाट खरिद गएि पनि भारतीय बाटो भएर ल्याउने गरिएकाले नाकामै अड्किएर अभाव खट्केको खड्काले जनाए ।

आफ्नै रक्तसंकलन केन्द्र रहेको प्रसूति गृह अस्पतालले पनि दुई÷चार दिनमै रक्तसंकलन ब्याग सकिन लागेको जनाएको छ । ‘डिलरले खोज्छौं भनेका छन् तर बजारमा पाइँदैन,’ केन्द्रका कर्मचारी परशुराम दाहालले भने ।

अस्पतालको भण्डारमा रहेको ब्यागमध्ये सिंगल ब्याग सकिइसकेको गंगालाल हृदयकेन्द्र अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक जोतिन्द्र शर्माका अनुसार रगत संकलन ब्याग सकिँदै गएपछि अस्पतालको नियमित अप्रेसन र क्याथ ल्याबको काम कम गर्दै लगिएको छ ।

अस्पतालमा मुटुका बिरामीका लागि आवश्यक अन्य औषधि भल्ब, शल्यक्रियाको घाउ सिलाउने धागो स्विचरलगायत अत्यावश्यक सामग्री सकिँदै गएको छ । ‘नयाँ आएन भने केही दिनमा ठूलै संकट पर्नेछ,’ निर्देशक शर्माले भने ।

वीरमा पनि ब्याग केही दिनमै सकिन लागेको अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले जनाए । निर्देशक पण्डितका अनुसार भूकम्पका बेला ल्याइएका ब्यागको क्रमशः प्रयोग अवधि सकिँदै गएको छ । भण्डारण भएका मध्ये केहीको मंगलबारै सकिएको छ भने बाँकीको पनि नोभेम्बर अन्तिममै सकिनेछ ।

‘अब हामीस”ग भएका सबै नष्ट गर्ने अवस्थाका मात्र हुनेछन्,’ पण्डितले भने । प्रयोग अवधि सकिन लागेकाले ब्याग केन्द्रीय रक्तसञ्चार केन्द्रसँग माग गर्ने तयारी भइरहेको उनले बताए ।

केन्द्रीय रक्तसञ्चार केन्द्रले चार थरीका रगत संकलन ब्यागमध्ये केही भण्डारणको अवस्थामा रहे पनि धेरै प्रयोग हुने सिंगल ब्याग भने कम संख्यामा रहेको जनाएको छ ।

‘अहिलेसम्म आपूर्तिकर्ताले थोरै–थोरै मात्र दिइरहेका छन्, तर पहिलाजस्तो स्टक छैन,’ केन्द्रका प्रशासकीय अधिकृत विजय अधिकारीले भने । उनका अनुसार केन्द्रमा आपूर्ति हुन लागेका ४० हजार प्याकेट ब्याग पनि वीरगन्ज नाकामै रोकिएको छ ।

केन्द्रमा दैनिक १ हजार ब्याग आकस्मिक अवस्थाका लागि भनी राखिए पनि आपूर्तिकर्ताले दैनिकजसो ५ सयका दरले दिएकाले त्यतिमै काम चलाइएको उनले जानकारी दिए । केन्द्रमा दैनिक ३ सय ब्याग प्रयोग हुन्छ ।

लामो समय आउन नसके ठूलो संख्यामा रगत संकलन गर्नुपर्न अवस्थामा ब्यागकै कारण समस्या पर्न सक्ने अधिकारीले बताए । ‘काम चलेको छ, ठूलो परिमाणमा संकलन गर्नुपर्दा समस्या पर्छ,’ उनले भने ।

केन्द्रका अनुसार रगत चढाउने ट्रान्सफियुजन सेट(रगत चढाउने किट)समेत अभाव भएको र आउनु पर्ने सेट सवै वीरगंज नाकामै रोकिएर आउन नसकेको हो । प्रशासकीय अधिकृत अधिकारीका अनुसार आउँदै गरेको ४० हजार ट्रान्सफ्युजन किट नाकामा रोकिएको हो ।

राजधानीमा सबैजसो अस्पतालमा रगत संकलन ब्याग तथा अन्य औषधि सकिँदै गएको राजधानीका ११ अस्पतालका निर्देशकले संयुक्त रुपमा स्वास्थ्यमन्त्री र नेपाल मेडिकल एसोसिएसनलाई सोमबारै भेटेर जानकारी गराएका छन् । मन्त्रालयले यसबारे छिटो प्रक्रियामा जाने आश्वासन दिएको वीरका निर्देशक पण्डितले जानकारी दिए ।

‘नाकामा रोकिएका औषधिलगायत सामग्री ल्याउनेबारे विश्व स्वास्थ्य संगठन तथा अन्य दातृनिकायसँग आग्रह गरेका छौं,’ मन्त्रालयका प्रवक्ता शान्तबहादुर श्रेष्ठले भने ।

संकलन पनि कम

नाकाबन्दी बढ्दै गएपछि पहिलेको तुलनामा रगत संकलन कम हुँदै गएको केन्द्रीय रक्तसञ्चार विभाग भृकुटीमण्डपले जनाएको छ । नाकाबन्दीको मध्यसमय सुरु भएदेखि नै रगत कम संकलन हुन थालेको केन्द्रका प्रशासकीय अधिकृत विजय अधिकारीले जानकारी दिए । पहिले दैनिक १२ ठाउँबाट रगत संकलन हुने गरेकोमा अहिले चार ठाउँबाट मात्र संकलन भएको उनले बताए ।

सामान्य अवस्थामा दैनिक ३ सय पिन्ट रगत संकलन हुने गरेकोमा अहिले दैनिक २ सय मात्र हुने गरेको केन्द्रका जनसम्पर्क अधिकृत सन्देश थापाले बताए । ‘बिदाका दिन ६ सय पिन्टसम्म हुन्थ्यो, अहिले कम छ,’ उनले भने ।

केन्द्रका अधिकृत अधिकारीका अनुसार सवैजसो मध्यम वर्गका व्यक्तिहरु मुख्य रगत दाता भएको उनीहरु खाना पकाउने र यातयातमा आवश्यक फियुल अभाव र महंगीले तनावमा परेपछि रक्तदानमा ध्यान दिन नसकेर संकलन कम भएको हो ।

वि.सं.२०७२ मंसिर ९ बुधवार ११:५६ मा प्रकाशित

You can share this post!

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीबाट सडकमै हाजिर   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४०

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक...