back

राजधानीका अधिकाँश ट्रान्सफरमर जलेको जल्यै

काठमाडौं । ग्याँस अभावका कारण खाना पकाउन राइस कुकर र इन्डक्सन चुलो प्रयोग गर्ने क्रमसँगै विद्युत आपूर्तिमा समस्या देखिएको छ । अझ भनौं विद्युत्को कटौती बढिरहेको छ ।
खाना पकाउने एकै समय एकै पटक राईस कुकर र इन्डक्सन चुलोको प्रयोग, बढी बिजुली खपत हुँदा ट्रान्फरमर तथा कन्डक्टर जल्ने क्रम बढेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । उनले भने, ‘हामीसँग सिमित क्षमतामा ट्रान्फरमर छन्,’ ‘एकै पटक बढी लोड हुँदा धान्न नसकेर फ्युज जाने वा जल्ने क्रम बढेको छ ।’

काफ्लेका अनुसार पछिल्लो समय ट्रान्फरमर भन्दा पनि ‘कन्डक्टर’ जल्ने क्रम बढेको छ । उपत्यकाका प्रायजसो स्थानमा कन्डक्टर जल्न थालेको उनले बताए । हाल प्रयोगमा आएको कन्डक्टर पुराना भएकाले बढी लोड थेग्न नसकी जल्न थालेको उनले जानकारी दिए ।
‘यो अप्रत्यासित रुपमा आएको समस्या हो,’ उनले भने, ‘प्राधिकरण यसलाई यथासक्दो छिटो समाधान गर्ने तर्फ लागेको छ ।’

सरकारले खाना पकाउने समयमा जनतालाई विजुली दिने भनिएपनि एकैचोटी बढी लोड पर्दा झन् बढी समस्या आउन थालेको छ । विहान वेलुकीको बढी विजुली खपत हुने समयमा अत्यावश्यक सामग्री बाहेक अन्य बढी विजुली खपत गर्ने समान प्रयोग नगर्न पनि प्राधिकरणले सबैसँग आग्रह गरेको छ ।

हाल कतिपय स्थानमा बढी क्षमता भएको ट्रान्सफरमर राख्न थालिएको समेत काफ्लेले जानकारी दिए । तर, कन्डक्टर भने तत्काल परिवर्तन गर्न नसकिने प्राधिकरणको भनाई छ ।
यता सरोकारवालाहरुले पनि विजुलीको अत्याधिक लोड बढी भइ कन्डक्टरहरु जल्ने क्रम बढ्दा शहरमा लागलागी हुने खतरा बढेको बताउछन् । शहरमा घरसँगै ट्रान्फरमर तथा कन्डक्टर रहेकाले कन्डक्टर जल्दा कतै घरैपनि जल्ने खतरा रहेको उनीहरु बताउँछन् ।

शहरमा कन्डक्टर जल्ने क्रम बढेसँगै कतिपय घरायासी प्रयोगमा धेरै बिजुली खपत गर्नेहरु अँध्यारोमा बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यता ग्याँस नभएका उपभोक्ताहरु भने हैरानीमा परेका छन् ।

वि.सं.२०७२ मंसिर १७ बिहीवार १७:२१ मा प्रकाशित

You can share this post!

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान   

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान   

वि.सं.२०८० असोज ३ बुधवार १९:४५

काठमाडौँ, ३ असोज : एसियाली विकास बैंक (एडिबी) ले नेपालको...

माउण्ट कैलाश इनर्जीले आईपीओ निष्काशन गर्ने

माउण्ट कैलाश इनर्जीले आईपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज ३ बुधवार १७:४८

काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने...

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा   

शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा   

वि.सं.२०८० असोज ३ बुधवार १७:४२

काठमाडौँ, ३ असोज : सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी...

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति

सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज ३ बुधवार १७:२७

काठमाडौं । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री...

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन   

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन   

वि.सं.२०८० असोज ३ बुधवार १७:१६

सिमकोट (हुम्ला) : संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन...

विज्ञान र गणितका शिक्षक अभाव   

विज्ञान र गणितका शिक्षक अभाव   

वि.सं.२०८० असोज ३ बुधवार १७:०५

अर्घाखाँची, ३ असोज : मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार...