
काठमाडौ । साना किसान विकास बैंकले हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले कुल ११ लाख ५३ हजार ४ सय १२ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले २०७२ मंसिर २५ का मितिदेखि उक्त हकप्रद सेयर निष्काशन गरेको छ ।
साथै, आगामी पुस ३० गतेसम्म सो सेयर भर्न सकिने बैंकले जनाएको छ ।
साना किसान बैंकको केन्द्रिय कार्यालय र सम्पूर्ण शाखा तथा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको सेन्ट्रल प्लाजा नारायणचौर बाट पनि भर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
वि.सं.२०७२ मंसिर २५ शुक्रवार १६:०९ मा प्रकाशित