back

वर्ल्ड क्रिकेट लिगः नेपाल र नामिबियाको खेल वैशाखमा काठमाडौंमा

काठमाडौं । आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नामिबियाबिचको खेल आउँदो बैशाख ४ गते र ६ गते काठमाडौंमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सोमबार च्याम्पियनसिपको तेश्रो चरणको खेल हुने मिति र खेल स्थल सार्वजनिक गरेको हो ।
खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने छ ।

तर यसको पूर्वाधार र सुरक्षा व्यवस्थाको अनुगमन गरेर सन्तोषजनक पाइएमा मात्रा प्रतियोगिता कीर्तिमापुरमा सञ्चालन गर्ने सर्त आइसिसीले राखेको छ ।
आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्ड र पपुवान्युगिनीसँग खेलेका सबै ४ खेल हारेको नेपाल कुनै अंक नजोडी अंक तालिकाको पुछारमा छ । अहिलेसम्म खेलेका ४ मध्ये एक खेल जितेका नामिबिया २ अंकसहित छैटौं स्थानमा छ ।
हङकङ, केन्या, नेदरल्याण्ड्स र स्कटल्याण्डको भने समान ४ खेलबाट समान ६ अंक छ । नेपालसँगका दुवै खेल जितेको पपुवान्युगिनीको ४ खेलबाट ४ अंक नै छ । प्रतियोगिताको अर्को टोली युएईको भने ४ खेलबाट २ अंक छ ।

वि.सं.२०७२ मंसिर २८ सोमवार १३:१२ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...