back

नाट्टामा आचार्य नेतृत्वको प्यानलै विजयी

Kumari bank ad

काठमाडौं माघ ४ । नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् NATTA को आइतबार सम्पन्न निर्वाचनमा मधुसुदन आचार्य नेतृत्वको समूह प्यानलै विजयी भएको छ ।

नाट्टाको ५२ औं बार्षिक साधारणसभा तथा निर्वाचनमा अत्याधिक मत ल्याई आचार्य समूहको पुरै प्यानल विजयी भएको हो । मत गणनाको सुरुवातदेखि नै अग्रता लिएको आचार्य समूहले १५ स्थान पुरै सेट  विजयी हाँसिल गर्न सफल भएको हो । साँझ ७ बजेबाट सुरु भएको मत गणना रातिको १२ बजे सम्पन्न भएको थियो । मत परीणाम सार्वजनिक भएपछि याक एण्ड यतिमा शुभ चिन्तकको भिड लागेको थियो ।विजयी टिमलाई फुल, माला र खादा लगाएर बधाई ज्ञापन गरेका थिए ।

नाट्टामा ४ सय ५४ मतदाता रहेकोमा ४ सय ३२ मत मात्र खसेको निर्वाचन अधिकृत देविप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन प्रकृयामा आचार्यसँग वर्तमान प्रथम उपाध्यक्ष शम्भूराज पाठक र महासचिव मिहिका धाख्वाले प्रतिस्पर्धा गरेका थिए ।

विजयी हुनेबित्तिकै मतदाता र पत्रकारलाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष मधुसुदन आचार्यले यो जित सबै नाट्टा सदस्यहरुको रहेको बताए । उनले हार र जित एउटा परिणाम मात्र रहेको भन्दै आगामी दिनमा सबै एकजुट भएर ट्राभल व्यवसायीको हकहीतमा लागि पर्ने बताए ।

कस्को मत कति ?

मधुसुदन आचार्य समूहः
अध्यक्ष मधुसुदन आचार्य – १९१
प्रथम उपाध्यक्ष सीएन पाण्डे – १९०
द्वितीय उपाध्यक्ष डिके शर्मा – २१५
महासचिव भीमप्रसाद पन्त – १७९
सचिव सुधिर उपाध्याय – २१२
कोषाध्यक्ष चित्र गुरुङ – २२१
सहकोषाध्यक्ष सविता केसी भट्टराई – २१२
सदस्यहरुः
युवराज सुवेदी – १९७
लक्ष्मण लम्साल – २१४
रामकुमार बाराकोटी – १७८
घनश्याम घिमिरे – १८९
विनय बस्नेत – २०८
हरिभक्त श्रेष्ठ – १८८
बरुण मेहता – १७९
सितलकुमारी शर्मा पौडेल – २३३


मिहिका धाख्वा समूहः
अध्यक्ष मिहिका धाख्वा – १६४
प्रथम उपाध्यक्ष केदारनाथ दवाडी – १४९
द्वितीय उपाध्यक्ष सुनिल शर्मा – १४१
महासचिव ठाकुर ढुंगाना – १४४
सचिव कमला गुरुङ – १४७
कोषाध्यक्ष तिलक थापा मगर – ११३
सहकोषाध्यक्ष फुडोमा शेर्पा – १६३
सदस्यहरुः
सुरेश अंगाई – १३८
अमृत ढकाल – १४८
विनोद कार्की – ११८
गोविन्द दाहाल – १४१
सुरेश केसी – ११७
सुरेन्द्र भट्टराई – १४९
यज्ञमुर्ति आचार्य – १०९
अनिककुमार थापा – १२५


शम्भूराज पाठक समूहः
अध्यक्ष शम्भूराज पाठक – ५७
प्रथम उपाध्यक्ष नारायण गुरुङ कोने – ७२
द्वितीय उपाध्यक्ष कृष्णबहादुर मगर – ५२
महासचिव रमेश थापा – ८४
सचिव दिव्यप्रभा शाही – ४१
कोषाध्यक्ष रामबहादुर घले – ६५
सहकोषाध्यक्ष विजय रिजाल – ३०
सदस्यहरुः
राजु व्यञ्जनाकार – ६८
जयाहरि गोइत – ५१
सञ्जय बजिमाया – ७०
महेन्द्रराज पाण्डे – ४९
ईनु थापा – ११३
सागर अधिकारी – ५१
रमेशमान मलेखु – ६३
बाबुराम रसाइली – ७१

वि.सं.२०७२ माघ ४ सोमवार ०१:०७ मा प्रकाशित

You can share this post!

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...