back
NMB Ad

उर्जामा आत्मनिर्भर बनाएर सत्ता छाड्छौं : रिमाल

Royal Enfield Inside Page Banner

हरिशरण न्यौपाने


काठमाडौं । प्रधानमन्त्री केपी
शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यो सरकार जनतालाई राम्रो सपना बाँडेर जनताका समस्या समाधान गर्ने बाटोमा रहेको भन्दै त्यसमा सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

नेपाल ट्रेकिङ –ट्राभल–र्याफ्टिङ–एयरलाईन्स मजदुर यूनियन (युनिट्राभ)को दोस्रो प्रतिनिधि परिषद उद्घाटन गर्दै सल्लाहकार रिमालले आफ्नो योजनाअनुरुप नै प्रधानमन्त्रीले देशको समृद्धिको सपना बाँडेको बताएका छन् । उनले भने ʽसमस्याको चाङमा घोडा चढेर आएको यो सरकार र एकदिन यस्तो दिन आउँछ, यो सरकार सत्ताबाट बाहिर निस्कँदा देशलाई उर्जामा आत्मनिर्भर गराएरै छाड्छांैं ।ʼ

घामबाट बिजुली निकाल्ने भनेको एमालेको चुनावचिन्ह सूर्यबाट बिजुली निकाल्ने होईन

सरकारले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भन्दा त्यसलाई अनावश्यक टिप्पणी नगर्न आग्रह गर्दै रिमालले भने ʽघामबाट बिजुली निकाल्ने भनेको एमालेको चुनावचिन्ह सूर्यबाट बिजुली निकाल्ने भनेको होईन । बजारमा यस्ता भ्रम पार्ने काम कोही बसैबाट नहोस् भन्ने हाम्रो चाहना छʼ सरकारका योजनाबारे केहि विषय उल्ल्ेख गर्दै रिमालले जलबिद्युत्, हावा, घाम र फोहर सबै क्षेत्रबाट उर्जा उत्पादन गराई लोडसेडिङलाई न्यूनभन्दा न्यून मात्रामा झार्ने सरकारको योजना रहेको बताए । ʽसरकारले हावादारी गफ गरेको होईन योजना बनाएरै यी कुरा बोलेका हुन् ।ʼ उनले भने ʽहामी वर्षामा ८० प्रतिशत लोडसेडिङ हटाउने र हिउँदमा न्यूनमात्रामा लोडसेडिङ गराईने योजनामा छौं ।ʼ

udghatan unitrav

प्रधानमन्त्री गोठालो होईन, योजनाअनुरुप काम भईरहेछ

प्रमुख राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्री बाख्रा गोठालो नभएको भन्दै प्रधानमन्त्रीका देश बनाउने सपनालाई हावादारी ढंगबाट टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । उनले भने ʽप्रधानमन्त्री गोठालो होईन, मुखमा जे आयो त्यहि बोलिहाल्ने । सबै कुरा योजना अनुरुप बोल्नुभएको छ । ʼ

चीनसँग पनि भूपरिवेष्ठित मुलुकले पाउने पारवहन अधिकार लिने

भूपरिवेष्ठित मुलुकले समुद्र सतहसम्म जान पाउने पारबहन अधिकार छिमेकी मुलुकबाट लिने चरणमा नेपालले चीनसँग पनि पारबहन अधिकार लिएरै छाड्ने बताए । रिमालले भने, भूपरिवेष्ठित मुलुक नेपालले समुदको अधिकारलाई कसैले रोक्न नसक्ने भन्दै छिमेकी देश भारतबाट जस्तै चीनका माध्यमबाट पनि समुद्र सतहसम्मको अधिकार लिईछाड्नेछौं ।ʼ

कांग्रेस र मधेसी मोर्चाले संबिधान विधेयक संशोधन नगरे देशलाई बन्धक बनाउने काम हुने

संबिधान विधेयक संशोधनबारे बोल्दै सल्लाहकार रिमालले आज साँझसम्ममा काँग्रेस र मधेसी मोर्चाले संबिधान विद्येयक संशोधन गर्न नदिए उनीहरु देशलाई बन्धक बनाउने, देशलाई अप्ठेरो पर्नेमा मात्र लागेको बुझिने बताए । उनले भने, ʽउहाँहरुको सुझावअनुसार नै संबिधान विद्येयक संशोधनको तयारी भईरहेको छ । यदि उहाँहरु संबिधान विद्येयक संशोधन गर्न तयार हुनुहुन्न भने देशलाइ अप्ठेरो पार्न उहाँहरु सक्रिय हुनुहुन्छ भन्ने बुझ्नुपर्नेछ ।ʼ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष समेत रहेका रिमालले मजदूरका जायज मागलाई कानुनबमोजिम पूरा गर्न व्यवसायीलाई आग्रह गरे । व्याङ्यात्मक सैलीमा भनाई राख्दै उनले भने ʽमजदुर छुच्चा हुन्छन्, आफ्ना हकअधिकार समयमै पाएनन् भने उफ्रिहाल्छन् त्यसैले समयमै उनीहरुका विषयलाई ध्यान दिन व्यवसायीलाई आग्रह गर्दछु ।ʼ

पर्यटन मन्त्रालयबाटै फाईल हराएपछि खैलाबैला ः टान अध्यक्ष रिजाल

Chandra rijal

कार्यक्रममा ट्रेकिङ एजेन्सिज् एसोशियसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले आफुहरुले बुझाएको ʽनो ट्रेकिङ विथआउट गाईड एण्ड ट्रेकरʼ (No Trekking Without Guide And Trekkers) भन्ने फाईल पर्यटन मन्त्रालयबाटै हराएकोमा आपति प्रकट गरे ।

उनले भने, ʽ(No Trekking Without Guide And Trekkers) भन्ने फाईल पर्यटन मन्त्रालयबाटै हराएको छ । पर्यटनबाट आर्थिक समृद्धि र धेरै मजदुरलाई रोजगारी दिने अवधारणअनुरुप ल्याईएको यो फाईल हराउँदा यसले पर्यटन मन्त्रालयमा खैलाबैला मच्चिएको छ ।ʼ ʽआफू मजदुर र व्यवसायीका हकअधिकारका विषयमा नियमकानुन अनुसार चल्नेछु । यदि मन्त्रालयले कामकाज चुस्तदुरुस्त पार्न नसक्ने हो भने पर्यटनमन्त्री र पर्यटन सचिवले यसलाई प्रष्ट पार्नुपर्ने हुन्छ । पर्यटन व्यवसायी र मजदुरका हितमा चालिएको कदमबारे काम गर्न सकिन्न भने पदमा बसिरहनुको पनि चौचित्य छैन । पर्यटनसम्बन्धि सम्पूर्ण सरोकार संस्थाले यहि भनिरहेका छन् ।ʼ रिजालले भने ।

मजदुरहरुलाई चन्दा अर्थात भिख माग्न आफ्नो संस्थामा नआउन आग्रह गर्दै अध्यक्ष रिजालले कानुनसम्मत मजदुरले पाउने संस्थाको टिम्स रकमलाई मजदुरले मात्र खर्च गर्न पाउने गरि आफुले कोष खडा गराईदिने प्रतिबद्धता जनाए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकुतलाई यो विषयबारे जानकारी गराएको र एक हप्ताभित्रमा टिम्सको रमकलाई मजदुरको हितमा प्रयोग गराउने वातावरण बनाइने पनि उनले बताए । उनले भने, ʽम गफ भन्दा काममा विश्वास गर्छु, काम गरेर देखाउनेछु । ʼ

कार्यक्रममा नेपाल पर्वतारोहण संघ एनएमएका अध्यक्ष आङछिरिङ शेर्पाले बढिभन्दा बढि छिमेकी देशका पर्यटक ल्याउने व्यवसाय र श्रमिक मैत्री नीति ल्याउने पक्षमा आफुहरुले कार्य अगाडि बढाएको बताए ।

नेपाल एयरलाईन्समा कारोडौं भ्रष्टाचार, काम गर्न नसक्ने मन्त्री चाहिन्न ः पराजुली

suman unitrav
कार्यक्रममा युनिट्राभका महासचिव सुमन पराजुलीले नेपाल एयरलाईन्स व्यवस्थापन पक्ष र ठेकेदार मिलेर श्रमिकका पारिश्रमिकमा लाखौंको भ्रष्टाचार भईरहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने माग गरे । उनले भने, ʽनेपाल एयरलाईन्स व्यवस्थापन पक्षले मजदुरका नाममा ठेकेदारलाई प्रति श्रमिकबापत १६ हजार मासिक दिने सम्झौता गरेको छ । तर मजदुरले जम्मा ८ हजार ५ सय मात्र पाईरहेका छन् । हाम्रो पर्यटनमन्त्री केहि गर्न सक्दिन भन्नुहुन्छ, काम गर्न नसक्ने भए त्यस्ता मन्त्री हामीलाई चाहिन्न । व्यवस्थापनका कंसाकार भन्छन् उहाँहरु वस्तु हो रे,त्यस्ता व्यवस्थापक नि चाहिन्न, मन्त्री नि चाहिन्न ।ʼ ʽत्यस्तै जहाजको मर्मतमा पनि करोडौंको कमिसनको खेल भएको छ। ʼ यी सबै भ्रष्टाचारजन्य कार्यको अन्त्य नभए मजदुरले नेपाल एयरलाईन्सविरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए ।

कार्यक्रममा बरिष्ठ पर्यटन व्यवसायी कृष्ण अर्यालले मजदुर र व्यवसायी एकै सिक्काका दुई पाटा भएको बताए । उनले पर्यटन क्षेत्रमा आएको प्रबिधिको परिवर्तनसँगै आफुलाई संगसंगै अगाडि बढाउन मजदुरलाई आग्रह गरे । कार्यक्रममा पर्यटनमा योगदान पुर्याउने संघसंस्था र मजदुरलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति ः २०७२ माघ ९ गते शनिबार

वि.सं.२०७२ माघ ९ शनिवार १३:५९ मा प्रकाशित

You can share this post!

MBL Home page & Landing Page
सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

सगरमाथा लुम्विनी इन्स्योरेन्सद्वारा मधेस प्रदेशमा न्यानो कम्बल बितरण

वि.सं.२०८१ माघ ७ सोमवार २१:०८

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्सले मधेस प्रदेशका ८ वटै जिल्लामा...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ माघ ७ सोमवार २०:५६

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

कर्जा लगानी बढ्न नसक्नु चिन्ताको विषयः अर्थमन्त्री पौडेल   

वि.सं.२०८१ माघ ७ सोमवार २०:४९

काठमाडौँ :  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकबाट कर्जा लगानी...

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

बागमती प्रदेशमा बढ्दै समस्याग्रस्त सहकारी संस्थाको सङ्ख्या, १३७ सहकारी संस्थाविरूद्ध उजुरी   

वि.सं.२०८१ माघ ७ सोमवार २०:३७

 बागमती  : बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको सङ्ख्या बढ्दै गएको छ...

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

कर्णालीका दर्जनौँ ठूला आयोजना अलपत्र   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५५

टेकराज केसी, भेरीगङ्गा (सुर्खेत) : ठेकदार कम्पनीको लापर्वाहीका कारण कर्णाली...

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्नुहुने   

वि.सं.२०८१ माघ ७ सोमवार १२:५१

मधुकर अधिकारी    वासिङ्गटन डिसी (अमेरिका) : संयुक्त राज्य अमेरिकाका...