back

अर्बपति विनोद चौधरी बाबुरामको नयाँ शक्तिमा !

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ३५ सदस्यीय नयाँ शक्ति नेपालको अन्तरिम केन्द्रीय परिषद सार्वजनिक गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले नयाँ शक्तिमा अावद्ध नयाँ अनुहारहरूको परिचय गराएका छन्।

भट्टराईको नेतृत्वमा नयाँ शक्ति घोषणासभामा नेपालका प्रतिष्ठित उद्योगपति तथा अर्बपति विनोद चौधरी पनि सहभगी भएका छन् । उनी कार्यक्रममा सहभागी भएर नयाँ शक्तिका लागि बधाइ तथा सुभकामना दिएका छन् । तर नयाँ शक्तिमा आफू प्रवेश भने नगरेको उनले बताएका छन् । उनी अघिल्लो संविधानसभामा एमालेका तर्फबाट मनोनित सभासद्समेत थिए ।

चौधरीले बाबुराम नयाँ शक्तिलाई आफ्नो पूर्ण साथ र सहयोग रहने स्पष्ट पारेका छन्। बाबुरामको नेतृत्वमा बन्न लागेको नयाँ शक्ति अभियान सरानीय भएको उल्लेख गर्दै चौधरीले आर्थिक समृद्धि र विकासलाई मूल एजेन्डा बनाएर राजनीतिक अभियान थाल्नु सकारात्मक रहेको बताए। नयाँ शक्ति अभियान निजी क्षेत्रका लागि खुसीको विषय भएको बताउँदै पूर्ण सफलताको कामना गरेका थिए।
उनले स्वच्छ राजनीति र सुशासन नै अहिलेको आवश्यकता रहेको बताए। उनले भने, राजनीतिलाई लाभ हानीका रुपमा मात्रै नहेरौं । जनता र स्टेक होल्डरका भावनालाई आत्मसात गरौं । हाम्रो सहयोग र समर्थन रहन्छ ।
३५ सदस्यीय नयाँ शक्ति नेपालमा पूर्व अर्थ सचिव रामेश्वर खनाल, बिष्लेशक मुमाराम खनाल, पूर्वसांसद केशवमान शाक्य, पासाङ शेर्पा, पूर्व एआईजी गणेश राई, कलाकारहरू करिश्मा मानन्धर, अशोक शर्मा, सरोज खनाल लगायत छन्।
को को छन् ३५ सदसीय कार्यसमितिमा ?

संयोजक

१. डा. बाबुराम भट्टराई गोरखा

परिषद् सदस्यहरु

२ अशोक शर्मा झापा

३ ऋषवदेव भट्टराई चितवन

४ कमला हेम्चुरी पाल्पा

५ करिश्मा मानन्धर काठमाडौं

६ केशव दाहाल सुनसरी

७ डा. केशवमान शाक्य काठमाडौं

८ गणेशराज राई भोजपुर

९ डा. चैतन्य सुब्बा ताप्लेजुङ

१० डा. जीतेन्द्र महासेठ सिराहा

११ टिका गौचन म्याग्दी

१२ डम्बर खतिवडा सुनसरी

१३ तिलक थापा मगर मोरङ

१४ दलमर्दन कामी सुनसरी

१५ दुर्गा सोव डोटी

१६ देवेन्द्र पौडेल बाग्लुङ

१७ नत्थुप्रसाद चौधरी सप्तरी

१८ नारायण पाण्डे गोरखा

१९ पासाङ्ग शेर्पा ताप्लेजुङ

२० डा. प्रवीण मिश्र महोत्तरी

२१ मदन राई खोटाङ

२२ मनप्रसाद सुनुवार रामेछाप

२३ मुमाराम खनाल कपिलबस्तु

२४ डा. मुक्ति रिजाल अर्घाखाँची

२५ मोहनी महर्जन काठमाडौं

२६ डा. राजेन्द्र के.सी. धादिङ

२७ डा. रामकेवल साह धनुषा

२८ रामचन्द्र झा धनुषा

२९ रामेश्वर खनाल पाल्पा

३० लिली थापा काठमाडौं

३१ वज्रकिशोर यादव धनुषा

३२ विसन राई खोटाङ

३३ सरोज खनाल चितवन

३४ डा. सुरेन्द्र चौधरी दाङ

३५ हरेराम कोइराला गोरखा

भट्टराइले नयाँ शक्तिप्रति निकै उत्साह र अाकर्षण बढेको भन्दै छिट्टै पार्टीको पूर्णाकार घोषणा गरिने र त्यतिबेला नयाँ शक्तिमा अन्य सदस्य र अभियान्ताहरू जोडिने बताए।

वि.सं.२०७२ माघ १० आइतवार १९:१४ मा प्रकाशित

You can share this post!

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...