back
NMB ad

राष्ट्रिय अनुसन्धान विभागमा ७५ जनाका लागि जागिर खुल्यो

Kumari bank ad

काठमाण्डौं । नेपाल सरकारको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायकको रिक्त रहेको ७५ पदमा जागिर खुलेको छ ।

आज सूचना प्रकाशित गर्दै राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत तहमा २७ जना र अनुसन्धान सहायकतर्फ ४८ जनाका लागि आवेदन माग गरेको हो ।

अनुसन्धान अधिकृतमध्ये खुल्लातर्फ १५ जना, आदिवासी जनजाति ३, मधेशी ४, महिला २, दलित २ र पिछडिएको क्षेत्रका लागि एउटा आरक्षण कोटा छुट्याएको छ । यसैगरी, अनुसन्धान सहायकतर्फ खुल्लामा २६, आदिवासी जनजाति ७, मधेशी ६, महिला ४, दलित ३ र पिछडिएको क्षेत्रका लागि २ पद खुला गरिएको छ ।

३० दिनभित्र दरखास्त दिन सकिने अधिकृत पदका लागि स्नातक तहको शिक्षा पूरा गरेको, पुरुषको हकमा २१ बर्ष पूरा भई २५ बर्ष ननाघेको तथा महिलाको हकमा २१ बर्ष पूरा भएको ३० बर्ष ननाघेको हुनुपर्ने उल्लेख छ । यसैगरी, सहायकका लागि प्रमाणपत्र तह उत्तीर्ण गरेको, २१ बर्ष पूरा भई २५ बर्ष ननाघेको पुरुषले तथा २१ बर्ष पूरा भई ३० बर्ष ननाघेका महिलाले आवेदन दिन सक्नेछन् ।

माघ १८, २०७२/ ३.१५

वि.सं.२०७२ माघ १८ सोमवार १६:१९ मा प्रकाशित

You can share this post!

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

चिनियाँ पर्यटक बढ्ने होटल व्यवसायीको अनुमान   

वि.सं.२०८१ जेठ २५ शुक्रवार २०:०६

काठमाडौँ, २५ जेठ : होटल सङ्घ नेपालले आगामी दिनमा चिनियाँ...

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

घुस लिएको अभियोगमा सर्वेक्षक पक्राउ   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५९

काठमाडौँ, २५ जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने...

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

धितोपत्र बजार सुधारका लागि कानुन संशोधन आवश्यक   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १९:५३

काठमाडौँ, २५ जेठः नेपाल धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले धितोपत्र...

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

झापा नाकाबाट हुने नेपाल-बङ्गलादेश व्यापार निरन्तर घाटामा   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १७:०२

भद्रपुर (झापा), २५ जेठ : नेपालले आर्थिक वर्ष २०५४/०५५ देखि...

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

कुमारी बैंक र यूएसएआइडी बीच सम्झौता

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:५९

काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय...

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

अवैधानिक उत्खनन् बन्द गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन   

वि.सं.२०८१ जेठ २५ शुक्रवार १६:४९

मलेखु (धादिङ), २५ जेठ : धादिङको सिद्धलेक गाउँपालिकामा कृषि फार्म...