back

औषधि व्यवसायीहरुलाई लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी अन्तक्र्रिया

काठमाडौं । करदाता सेवा कार्यालय ठमेल र नेपाल औषधि व्यवसायी संघ वाग्मती अञ्चल शाखाको संयुक्त आयोजनामा लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी कार्यशाला तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । नेपाल सरकारको नीति अनुरुप सवै औषधि व्यवसायीहरुलाई आधुनिक प्रविधिको प्रयोग गरी व्यवस्थापन गर्न लेखा प्रणाली तथा कम्प्यूटर विलिङ सम्बन्धी सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले कार्यक्रम सान्दर्भिक रहेको बताउ“दै यस्ता कार्यक्रम आयोजना नभएसम्म एउटा मनको कुरा अर्को मनलाई थाहा नहुने बताए । उनले बुझ्ने र बुझाउनेको बीचमा ग्याप हुन सक्छ भन्दै सुन्ने, सुनाउने र सुधार्ने चरणमा सधैं व्यवसायी सचेत हुनुपर्ने बताए । नीतिगत र प्रणालीगत सुधार गर्ने बताउ“दै मुलुकभर कर प्रणाली सुधार गर्नका लागि नभई व्यवसाय सुधार गर्नको लागि समेत विभाग प्रयासरत रहेको जानकारी समेत दिए । उनले महाभूकम्प र सीमानामा देखिएको असहज परिस्थितिका वावजुद पनि औषधि व्यवसायीहरुबाट जुन खालको भूमिका निर्वाह भयो त्यसको लागि हार्दिक आभार समेत व्यक्त गरे ।

महानिर्देशक शर्माले शासन व्यवस्था सहभागिता मूलक रहेको बताउँदै व्यवसायीहरु सरकारका सहयात्री भएको बताए । औषधि व्यवसायमा कुनै कमी कमजोरी भए सुधार्न जरुरी रहेको बताउ“दै उनले हिजो राज्यबाट, कर अधिकृतबाट निर्देशित कर प्रशासनलाई सहज र सरल बनाउन स्वयं करदातालाई पहिलो कर अधिकृतको रुपमा अधिकार प्रदान गरिएको जानकारी दिए । करदाताले बुझाएको विवरण ठीक छ कि छैन दोस्रोमा छानविन गर्ने, प्रमाणको भार देखाइदिने, कर लाग्छ भन्ने काम कर अधिकृतको भएको बताए ।

परिस्थिति कता गएको छ, व्यवसाय गर्दा काम कर्तव्य अधिकार के हो ? बुझ्न र सचेत हुन जरुरी रहेको तथा आफ्नो सक्षमता आफै विकास गर्नुपर्ने महानिर्देशक शर्माको भनाइ थियो । आफ्ना सरोकार पक्षकास“ग सरकारले के पोलिसि ल्याएको छ समयवद्ध ढंगले अघि बढ्न जरुरी रहेको बताए ।

सम्मान पाउनका लागि सम्मानजनक व्यवहार हुन जरुरी रहेको बताउ“दै कानुन बमोजिम व्यवसायीले कर तिरेको खण्डमा सम्मान पाइने त्यसै अन्तर्गत औषधि व्यवसायलाई एउटा विधाको रुपमा प्रत्येक वर्ष सम्मानित गर्दै आएको बताए । तर कर छल्ने र दायित्वबाट भाग्ने कोशिष गर्ने व्यवसायी छानविनमा पर्न सक्ने र अपमानित पनि हुन सक्ने उनको भनाइ थियो । आफूले आय आर्जन गरेको सम्पत्तिमा लाग्ने कर तिरेर वैधानिक बनाउन पनि उनले आग्रह गरे ।

सकारात्मक सोचको विकास गर्न आग्रह गर्दै मैत्रीपूर्ण व्यवहार पनि जरुरी रहेको उनको भनाइ थियो । ऐन, कानुन, रिती रिवाजको परिपालना गर्न पनि उनले आग्रह गरे । एकले अर्कालाई बुझाउन, एक रुपता अपनाउन, एक अर्कामा भएका समस्याहरु समाधान गर्न साझा पुस्तिका तयार गर्न विभाग तयार रहेको समेत बताए । सरोकारवाला टिमस“ग निर्णय गरेर समस्याहरु समाधान गर्ने प्रयास भएको बताउ“दै महानिर्देशक शर्माले सवैको सफल व्यवहारको लागि, सफल व्यवसायको लागि शुभकामना समेत दिए ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक चुडामणि ढुंगाना र आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ का सूचना प्रविधि अधिकृत श्री थानेश्वरप्रसाद पनेरुले कम्प्यूटर विजक सम्बन्धी कार्यविधि २०७१ को आवश्यकता र उपयोगको वारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुको समेत उनले समाधान गरेका थिए ।

करदाता सेवा कार्यालय ठमेलका प्रमुख कर अधिकृत मुकुन्द पोख्रेलले नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागलाई आन्तरिक राजस्व संकल, राजस्व परिचालनलाई प्रभावकारी बनाउने जिम्मेवारी दिएको बताए । आन्तरिक राजस्व विभागले आफ्ना मातहतका कार्यालयहरुबाट करको दायरा फराकिलो बनाउन, करदातालाई सहज र सरल तरिकाले सेवा प्रदान गर्न सेवा कार्यालयको विस्तार गरिएको बताए ।

उनले करदाता सेवा कार्यालय ठमेलले ९ हजार करदातालाई सेवा प्रदान गरिरहेको बताउ“दै कार्यक्षेत्रको वारेमा जानकारी दिएका थिए । उनले आफ्नो क्षेत्रभित्रका करदाताहरुबीच निरन्तर अन्तक्र्रिया गर्ने, छलफल गर्ने, एवं करदाता शिक्षा मार्फत् करदाता र कर प्रशासनबीचको सम्बन्धलाई प्रभावकारी बनाउने, करदातालाई कर प्रशासन, कर कानुनका सन्दर्भमा विभिन्न जानकारी प्रदान गर्ने गरिएको बताए ।

पोेख्रेलले देशको समग्र शासन प्रणालीको उद्देश्य भनेको आधुनिक, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्नु हो भन्दै यसका लागि आन्तरिक राजस्व परिचालनलाई प्रभावकारी बनाउनुपर्ने त्यसकारण व्यवसायी एवं करदाताहरु र करप्रशासनको सकृयतामा मात्र देश निर्माण गर्न सकिने बताए । उनले अहिलेको विषम परिस्थितिमा पनि राजस्व परिचालनमा करदाताको अतुलनीय भूमिका र योगदान रहेको बताए ।

कार्यक्रममा औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठले औषधि व्यवसायीलाई कसरी समय सापेक्ष बनाउने भनी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बताए । चौध अञ्चल मध्ये वाग्मती अञ्चल उत्कृष्ट घोषित भएको जानकारी दिँदै व्यवसायी धन्यवादको पात्र रहेको बताए ।

कार्यक्रममा करदाता सेवा कार्यालय ठमेलका कर अधिकृतहरु लगायत उपत्यका भित्रका औषधि व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

१८ माघ २०७२

वि.सं.२०७२ माघ १८ सोमवार १९:११ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...