back

भूकम्प पिडितको पाल खाने एलडिओ सहित ६ जना अदालतमा

काठमाडौं । भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपाल १० गुणाभन्दा बढी मूल्‍यमा किनेको देखाएर भ्रष्टाचार गरेको अभियोगसहित काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी (एलडिओ) तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।
एलडिओ भट्टराईसँगै जिविसका लेखा अधिकृत यामनारायण शर्मा, स्टोर किपर चिरञ्जिवी खड्का, आपूर्तिकर्ता न्यू पशुपति ट्रेड एण्ड सप्लायर्सका मिथिलेश्वर तिवारी, दिपेश इन्टरप्राइजेजका झम्कप्रसाद गौतम र सेविका इन्टरप्राइजेजका होमप्रसाद गौतम पनि भ्रष्टाचारमा संलग्न भएको अभियोग छ । कुल भ्रष्टाचार करीब ३५ लाख भए पनि ६ जना प्रतिवादीलाई हानीनोक्सानीको मात्रा अनुसार फरक-फरक विगो कायम गरिएको छ।
उजुरीमा छानविनपछि एलडिओ भट्टराईले ३५ लाख ६ हजार ६ सय २६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको निष्कर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ।
यस्तै लेखा अधिकृत शर्मा र खड्काले पनि त्यति नै भ्रष्टाचार गरेको भन्दै सजायको माग गरिएको छ। यस्तै आपूर्तिकर्ता तिवारीले २२ लाख ३४ हजार ६ सय ६९ रुपैयाँ ७६ पैसा, गौतमले ८ लाख ९३ हजार दुई सय ७७ र होमप्रसादले तीन लाख ७८ हजार ६ सय ८० रुपैयाँ भ्रष्टाचार गरेको दाबी अख्तियारको छ।
उनीहरुले बढी गुणस्तर कायम गरी पनि कम गुणस्तरको त्रिपाल खरिद भएको तथ्य फेला परेको छ । त्रिपालको परिमाण र साइज पनि निर्णयमा उल्लेख भए भन्दा कम भेटिएको छ।
यस्तै त्रिपाल आपूर्ति गर्ने सप्लायर्ससँग खरिद नगरी एजेन्टसँगको मिलेमतोमा किनिएको छ। त्रिपाल तथा राहतजन्य सामाग्रीहरुको आयातका लागि सरकारले  गरेको भन्सार छुट सुविधामा आपूर्ति भएका त्रिपालको भन्सार शुल्क भन्दा अत्याधिक चर्को मूल्य (प्रति वर्ग फिट १२ रुपैयाँ) कायम गरी खरिद गरिएको छ।
भारतबाट ३ लाख २८ हजार १६ रुपैयाँमा आयात भएको त्रिपाललाई ४३ लाख ७९ हजार सात सय ४५ रुपैयाँ ६ पैसा कायम गरि खरिद बिक्री भएको अख्तियारको अनुसन्धानले देखाएको छ।
त्रिपाल खरिदका लागि प्रतिस्पर्धा, मितव्ययिता र आर्थिक पारदर्शिताको सिद्धान्त पनि अबलम्बन नगरिएको तथ्य फेला परेको छ। भूकम्पको विपद् र संकटको अवस्थालाई आर्थिक लाभ र कमिसन खाने बदनियतका साथ काम भएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले एलडिओ भट्टराईसहितका सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) अनुरुप दुई बर्षसम्म कैद, विगोको अनुपातमा जरिबाना र विगो जफत गर्न माग गरेको छ। अख्तियारमा यो प्रकरणसहित त्रिपालमा भएको भ्रष्टाचारका अरु उजुरीमा पनि छानविन चलिरहेको छ।
अन्नपुर्ण पोष्ट/ २० माघ २०७१

वि.सं.२०७२ माघ २० बुधवार ०९:४१ मा प्रकाशित

You can share this post!

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

सरकारका दुईवटा विकास ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:३०

काठमाडौं  । सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा...

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

एक कम्पनीको १ करोड कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

वि.सं.२०८० असोज ७ आइतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार नागरिक लगानी...

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

हालसम्म अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयरमा कति पर्यो आवेदन ?

वि.सं.२०८० असोज ७ आइतवार १२:१४

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब...

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

कर्णाली प्रदेश सरकारले दुई ठाउँमा पर्यटकीय नमुना बस्ती निर्माण गर्दै   

वि.सं.२०८० असोज ७ आइतवार १२:०९

भेरीगङ्गा (सुर्खेत), ६ असोज : कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न...

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ   

वि.सं.२०८० असोज ७ आइतवार ११:५४

काठमाडौँ, ७ असोज: नेपाल क्रिकेट सङ्घ (क्यान)ले चीनको हाङ्जाउमा जारी...