back

अशरफलाई मृत्युदण्डको सट्टा ८ वर्ष कैद र ८०० कोर्रा

Kumari bank ad

साउदी अरब । इस्लाम नमानेको भन्दै फाँसीको सजाय सुनाइएका प्यालेष्टिनी कवि अशरफ फयादको सजाय परिर्वतन गरिएको छ ।

एक अदालतले उनलाई फाँसीको सजायको सटटा आठ वर्षको कैद र ८०० कोर्रा हान्ने एवं कविता नलेख्न आदेश पनि दिएको छ । प्यालेस्टिनी कवि अशरफ फयादले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

साउदी अरबमा जन्मिएका उनी प्यालेस्टिनी शरणार्थी परिवारका हुन् । फयादका वकिलका अनुसार ८०० कोर्रा हान्ने सजाय १६ पटकमा दिइनेछ । तर, यो नयाँ आदेशविरुद्ध पनि अपील गर्ने र रिहाइको माग गर्ने उनले बताएका छन् ।

मानवअधिकारवादी संगठन एमेनेस्टी इन्टरनेशनलका अनुसार एक साउदी नागरिकले कवि फयादमाथि नास्तिकताको प्रचार गरेको र ईश्वरको निन्दालाई बढवा दिएको आरोको लगाएका थिए । यहि कारण उनी २०१३ मा पक्राउ परे । दोस्रो दिन उनी रिहा भए । तर, जनवरी २०१४ मा फेरि पक्राउ परे र उनीमाथि आफ्नो धर्म त्यागेको मुद्धा चलाइयो । फयादको २००८ मा कविता संग्रह छापिएको थियो, जसमा कथित रुपमा धर्मलाई चुनौती लिइएको छ र नाकिस्तान विचार प्रचार गरिएको छ ।

३५ वर्षका फयादमाथि साउदी साइबर क्राइमको उल्लेघन गरेको आरोप थियो । उनले आफ्नो मोबाइलबाट महिलाको तस्वीर खिचेर सेभ गरेका थिए । २०१४ अप्रिलमा यो मुद्धामा एक अदालतले उनलाई ४ वर्ष कैद र ८०० कोराको सजाय सुनायो । तर, अदालतले उनले मागेको माफी स्वीकार गर्दै ईश्वरको निन्दा आरोप खारेज गरेको थियो ।

तर, अपील कोर्टले उनको मुद्धा तल्लो अदालत पठायो र नोभेम्बर २०१५ मा कवि फयादलाई मृत्युदण्डको सजाय सुनाइयो । यो वर्षको सुरुमा विश्वभरका सयौ लेखक उनको समर्थनमा आए र उनको पक्षमा बयान दिएका छन् । नेपालमा पनि उनको सजायको बिरुद्धमा ऐक्यबदता जनाइएको थियो ।

प्रकाशित द गार्डियन, माघ २०, २०७२/८.००

वि.सं.२०७२ माघ २० बुधवार १०:०९ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...