काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामन्य सुधार आएको छ । सोमबार बजार ०.०७ अंकले घटेर १९८० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी पोखरा फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १७ करोड ५४ लाख ७ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १४ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन जानाकी फाइनान्सको ९ करोड ३२ लाख ९४ हजार रुपैयाँ, गुुुुुुुुुुर्खाज फाइनान्सको ९ करोड ८ लाख ५ हजार रुपैयाँ र मल्टिप्रपोज फाइनान्सको ७ करोड ५२ लाख १२ हजार रुपैयाँको कारोबार भएको हो ।
वि.सं.२०८१ वैशाख १७ सोमवार १५:०५ मा प्रकाशित