
काठमाण्डौं । भारतका एक खेलाडीले नेपाली यू-१९ क्रिकेट टीममा कप्तान राजु रिजालको उमेरलाई लिएर गरेको विवादमा अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसीसी)ले कुनै संकेत नभएको भन्दै सफाई दिएकोछ ।
राजुको उमेर बढी भएको कुनै प्रमाण नभएको भन्दै आईसीसीले नेपालले राजुकै कप्तानीमा विश्वकपका बाँकी खेल सक्ने बताएको छ ।
बंगलादेशमा जारी विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेलेका थिए । त्यही खेलपछि २५ वर्षका मुम्बईका क्रिकेटर कौस्तुभ पावरले नेपाली कप्तान राजु ओभर एजको भएको दाबी गरेका थिए ।
यसबारे आईसीसीले औपचारिक प्रतिक्रिया दिएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता अघि नै पेश गरेको राजुको डकुमेन्टमा उनी १९ वर्षभन्दा बढी भएको कुनै संकेत नदेखिएको आईसीसीले जनाएको छ ।
प्रकाशित इएसपीएनक्रिकइन्फोडटकम, माघ २०, २०७२/८.००
वि.सं.२०७२ माघ २० बुधवार १०:१८ मा प्रकाशित