back
SKIP
Prabhu Bank Road Block Ad

विदेशबाट दैनिक २ अर्व रेमिट्यान्स नेपाल भित्रिन्छ, के मा खर्च हुन्छ ?

Kumari bank ad

काठमाडौं । विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २ खर्ब ७१ अर्ब ३७ करोड रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको छ।

गत वर्ष दैनिक करिब १ खर्ब ७१ अर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रेको थियो । अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा ६ खर्ब १७ अर्ब २८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो ।

गत वर्षको ५ महिनामा २.७ प्रतिशतले बढेको रेमिटेन्स यो वर्ष भने १९.४ प्रतिशतको उच्च दरले बढेको छ ।

दैनिक ११ सय ५० हाराहारी नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख १० हजार नेपाली रोजगारीका लागि बिदेसिएका छन् ।

के मा खर्च हुन्छ ?

सबैभन्दा बढी रेमिटेन्स मलेसिया, कतार, साउदी अरेबियाबाट आउने गरेको तथ्यांकले देखाउँछ । रोजगारीमा गएका कामदारले देशको अर्थतन्त्र नै जोगाउने गरी रेमिटेन्स भित्र्याए पनि त्यस्तो रकमबाट पुँजी निर्माण भने हुन सकेको छैन । कामदारबाट भित्रिएको रेमिटेन्सको झन्डै ८० प्रतिशत दैनिक उपभोग्य वस्तु र मनोरन्जनमा खर्च हुने गरेको केन्द्रीय तथ्यांक विभागको एक सर्वेक्षणले देखाएको छ ।

रेमिटेन्सबाट प्राप्त हुने कुल रकमको २.४ प्रतिशत हिस्सामात्र पुँजी निर्माणमा आउने गरेको छ । तर वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रकमबाट उनीहरुको जीवनस्तर सुध्रिएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ । त्यस्तै वैदेशिक रोजगारीमा जानेले कुल रेमिटेन्सको ७ प्रतिशत ऋण तिर्न र ३.५ प्रतिशत बालबालिकाको शिक्षामा खर्च गर्ने गरेको अध्ययनले देखाएको छ ।

सर्वेक्षणअनुसार ५५.८ प्रतिशत घरपरिवारमा रेमिटेन्स आउँछ । गरिबी न्यूनीकरणमा रेमिटेन्सको योगदान महत्वपूर्ण रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले बताए ।

बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुनुमा रेमिटेन्सको योगदान रहेको बैंकर बताउँछन् । हाल नेपालमा ४९ भन्दा बढी रेमिटेन्स कम्पनी र ३० वाणिज्य बैंकले रेमिटेन्स भित्रयाइरहेका छन् । तीमध्ये इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) अग्रस्थानमा छ । प्रभुलगायत कम्पनी बढी रेमिटेन्स भित्र्याउनेमा पर्छन् ।

औपचारिक रेमिटेन्सको अवसर भने बैंकिङ विस्तारले नै दिएको हो । यसले कामदार, सरकार र वित्तीय संस्था सबैलाई फाइदा भएको छ । कामदारको कमाइ सुरक्षित रुपले परिवारसम्म पुगेको छ । रेमिटेन्स औपचारिक बन्न थालेको डेढ दशक भएको छ । रेमिटेन्स कम्पनीमा आइएमई र बैंकमा हिमालयनलगायत बैंक सुरुदेखि सेवा दिनेमा पर्छन् ।

पछिल्लो समय रेमिटेन्स कारोबार पनि बैंकहरुको मुख्य व्यवसायमा पर्न थालेको छ । पछिल्लो समयमा ग्रामीण क्षेत्रमा समेत बैंकका शाखा खोल्ने क्रम बढेसँगै विदेशबाट पठाएको पैसा सिधै बैंकबाट लिन सहज भएको छ । विशेष गरी चाडपर्वमा रेमिटेन्स बढी भित्रिने गरेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

असोज र कात्तिकमा दसैं, तिहार, छठ, इद जस्ता ठूला पर्व पर्ने भएकाले त्यो बेला रेमिटेन्स बढ्ने उनीहरुको भनाइ छ ।

हुन्डीलगायत अनौपचारिक माध्यमबाट भित्रिएको रकम पनि लगभग त्यत्तिकै हाराहारीमा हुने अनुमान गरिन्छ । गैरकानुनी तरिका हुन्डीबाट पैसा पठाउने क्रम भने रोकिएको छैन ।

बढ्दो आयातले अर्थतन्त्र धराशयी बनाइरहेको बेला रेमिटेन्सले विदेशी मुद्रा आर्जनमा ठूलो योगदान दिएको छ । नागरिक 

२० माघ २०७२

वि.सं.२०७२ माघ २० बुधवार १०:२५ मा प्रकाशित

You can share this post!

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा   

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा   

वि.सं.२०८० मंसिर २४ आइतवार १२:४४

चौतारा (सिन्धुपाल्चोक), २४ मङ्सिर : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित...

९ मिनेट मात्रै कारोबार भएको बजारमा दुई दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट

९ मिनेट मात्रै कारोबार भएको बजारमा दुई दर्जन कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८० मंसिर २४ आइतवार १२:३६

काठमाडौं । साताको पहिलो कारोबार तथा आइतबार बजार खुलेदेखि नै...

नेप्सेमा तेस्रो पटक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

नेप्सेमा तेस्रो पटक सर्किट, आजका लागि सेयर कारोबार स्थगित

वि.सं.२०८० मंसिर २४ आइतवार १२:१९

काठमाडौं । बजार ६ प्रतिशतले बढेपछि आजका लागि सेयर कारोबार...

सानिमा रिलायन्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

सानिमा रिलायन्सले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

वि.सं.२०८० मंसिर २४ आइतवार १२:०४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको...

नेप्सेमा फेरि सर्किट, अब पुनः ४० मिनेटका लागि कारोबार स्थगित

नेप्सेमा फेरि सर्किट, अब पुनः ४० मिनेटका लागि कारोबार स्थगित

वि.सं.२०८० मंसिर २४ आइतवार ११:४३

काठमाडौँ, २४ मङ्सिर : आज सेयर बजारमा फेरि दोस्रो सर्किट...

एसिया कप क्रिकेट : नेपालले टस जित्यो   

एसिया कप क्रिकेट : नेपालले टस जित्यो   

वि.सं.२०८० मंसिर २४ आइतवार ११:३६

काठमाडौँ, २४ मङ्सिर : एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत...