back

निगमको जहाज बिग्रिएर भोजपुरमै ग्राउन्डेड

Kumari bank ad

भोजपुर । नेपाल वायु सेवा निगमको जहाज शनिबार भोजपुर विमानस्थलमा बिग्रिएर ग्राउन्डेड भएको छ । ९ एन–एबिटी ट्वीनअटर जहाज बिग्रिएपछि यात्रुहरु अलपत्र परेका छन् ।

यात्रुलाई शनिबार ९ बजे एयरपोर्ट पुग्ने समय दिइएकोमा काठमाडौं–भोजपुर उडानको जहाज अपरान्ह २ बजे अवतरण भएको थियो । जहाजका पाइलट विमानचालक एमबी तुम्बाहाम्फे र उज्वल सिलवालको टोली खाजा खाएपछि भोजपुर–विराटनगरको उडान भर्न लागेको बेला ९ एन एविटि जहाज स्टार्ट नभएपछि नेपाल वायू सेवा निगमको जहाज ग्राउन्डेड भएको हो ।

भोजपुरको टक्सार विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज शनिबार अपरान्ह २ बजे भोजपुरबाट–विराटनगर उडान भर्न लाग्दा जहाजको दाँया पंखा घुमेन । जहाज स्टार्ट नभएपछि भोजपुर विमानस्थलमा थन्किएको छ ।

विराटनगरबाट फर्किएपछि काठमाडौं उडानको तालिका थियो । जहाज बिग्रिएपछि भोजपुरदेखि विराटनगर र काठमाडौं जाने यात्रुको विचल्ली भएको छ । जहाजमा शीघ्र उपचारका लागि विराटनगर, काठमाडौं लैजान लागिएको मुटु, पत्थरिया, मृगौला रोगी समेत रहेको कान्तिपुरले खबर लेखेको छ ।

२४ माघ २०७२

वि.सं.२०७२ माघ २४ आइतवार १०:३४ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...