
काठमाण्डौं । नेपाल एसबिआई बैंकको साधारण सभाले लगानीकर्तालाई २७ बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । गत वर्षको नाफाबाट लगानीकर्तालाई बोनस सेयर दिने प्रस्ताव हिजो बसेको बैंकको साधारण सभाले पारित गरेको हो ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बोनस वितरण पछि बैंकको चुक्ता पुँजी तीन अर्ब ८७ करोड रुपैयाँ पुग्छ ।
साधारण सभाले अधिकतम दुई अर्ब ६० करोड रुपैयाँसम्मको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड नामको छुट्टै सहायक कम्पनी खोल्ने निर्णय गरिसकेको जानकारी साधारण सभामा दिइयो ।
माघ २५, २०७२, ८.००
वि.सं.२०७२ माघ २५ सोमवार १२:२९ मा प्रकाशित