काठमाण्डौं । आज शुक्रबारबाट एकीकृत कारोबार सुरु गर्न लागेका प्रभु बैंक र ग्राण्ड बैंकले आफ्नो बैंकको नाम प्रभु बैंक राखेका छन् । बुधबार र बिहीबार बन्द रहेको यी दुई बैकहरुले यस अघि मंगलबार अर्द्धवार्षिक वित्तीय विवरण प्रकाशन गरेका थिए ।
जस अनुसार गत वर्ष घाटामा रहेको ग्राण्ड बैंकले १४ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको बताइएको थियो भने प्रभु बैंकको नाफा १४ करोडले नै घटेको बताइएको थियो ।
मर्जर र हकप्रद सेयरपछि बैंकको पुँजी ६०० करोड रुपैयाँ नजिक पुगेको छ । ग्रान्डसँग मर्जरपछि बैंकको चुक्ता पुँजी ५२० करोड पुग्ने छ । बैंकले ६४ करोडको हकप्रद सेयर जारी गर्ने प्रकृया सुरु गरिसकेको छ ।
शुक्रवार एकिकृत कारोवारसँगै बैंकमा नेपाल विकासको नौं करोड पुँजी थपिने छ । दुई बाणिज्य बैंकको मर्ज पछि निक्षेप ५४ अर्ब नाघ्छ भने कर्जा तथा लगानी ४० अर्ब भन्दा बढि हुन्छ । नेपाल विकासको सेयरसँगै दुई कर्मचारी त्यहाँबाट थपिएका छन् ।
अहिले प्रभुमा १०८४ कर्मचारी छन् । ग्रान्डबाट २२५ थपिने छन् । प्रभु जुनबेला फाइनान्स थियो त्यो बेला कर्मचारी २५० जना थिए । ४५ शाखाबाट मर्जर अभियानमा लागेको प्रभुसँग ग्रान्ड गाभिएपछि शाखा १३६ पुगेको छ ।
माघ २९, २०७२/ ९.००
वि.सं.२०७२ माघ २९ शुक्रवार ११:५२ मा प्रकाशित