back

गोरखामा नुन माग्दै निवेदन

Kumari bank ad

गोरखा। भूकम्प अति प्रभावित गोरखाका ६ गाविसका बासिन्दाले नुन खान नपाएको गुनासोसहित प्रशासनमा निवेदन दिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने सहुलियत मूल्यको नुन उपलब्ध गराइदिन माग गर्दै उनीहरूले निवेदन दिएका हुन् ।

‘१ किलो नुनको एक सय रुपैयाँभन्दा बढी पर्छ,’ उहियाका सन्तमान गुरुङले भने, ‘त्यही पनि भनेको बेलामा किनेर खान पाइँदैन ।’ नुन महँगो र अभाव भएपछि लाप्राक, गुम्दा, लापु, उहिया, केरौंजा र काशीगाउँका स्थानीयवासीले निवेदन दिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले उनीहरूको निवेदन सिफारिस गरेर साल्ट ट्रेडिङमा पठाइएको बताए । ‘बाटो सजिलो छैन । त्यसैले साल्ट ट्रेडिङले त्यता सहुलियतको नुन पठाउन समस्या भएको जानकारी गराएको छ,’ उनले भने । भूकम्पपछिको पहिरोले बाटो अवरुद्ध हुँदा उत्तरी दुर्गम गाविसमा खाद्यान्न, नुनतेल र दैनिक उपभोग्य सामग्री अभाव भएको कान्तिपुर दैनिकमा खबर छ ।

०१ फागुन २०७२

वि.सं.२०७२ फागुन १ शनिवार १०:४४ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...