back

प्रमलाई भारतमा पूर्वाधार निर्माण विषय विशेष महत्व दिन व्यवसायीको आग्रह

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला दुई देशबीचको व्यापार सहज बनाउनका लागि पूर्वाधार निर्माण विषयलाई विशेष महत्व दिनुपर्ने सुझाव यहाँका उद्योगी व्यवसायीहरुले दिएका छन्।

उनीहरुले औद्योगिक कच्चा पदार्थको आपूर्ति र अत्यावश्यकीय उपभोग्य मालसामानको ढुवानीका लागि रेलमार्ग उपयुक्त विकल्प रहेकाले नेपालमा पनि रेल्वे लाइन विस्तारका लागि भारतसँग छलफल गर्नुपर्ने धारणा राखेका हुन्।

छ महिनादेखिको लामो बन्द, हडताल र नाकाबन्दीका कारण सडकमार्ग हुँदै भारत र तेस्रो मुलुकबाट सीमा नाकासम्म आइपुगेका मालबाहक गाडी गन्तव्यसम्म जान नपाएपछि पछिल्लो समयमा व्यवसायीले रेलमार्गलाई बढी सदुपयोग गर्न थालेकाले पनि रेलमार्गको आवश्यकता बढेको उद्योगी व्यवसायीहरुको दाबी छ।

बन्दका बेला आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि वीरगन्जस्थित सुक्खा बन्दरगाहमा अत्यधिक चाप बढेको थियो।

वीरगन्जस्थित सुक्खा बन्दरगाह भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र बन्दरगाह हो। नेपाल उद्योग वाणिज्य महासङ्घ, वाणिज्य तथा आपूर्ति समितिका संयोजकसमेत रहेका उद्योगपति विजय सराबगीले बन्द, हडताल र नाकाबन्दीका कारण सडकमार्गबाट ढुवानी अवरुद्ध हुन थालेपछि पछिल्लो समयमा आयातकर्ताले रेलमार्गमार्फत कन्टेनर मगाउन थालेका बताउँदै मुलुकको आर्थिक रुपान्तरणका लागि रेलमार्गको आवश्यकता रहेको बताए।

वीरगन्जस्थित सुक्खा बन्दरगाहसम्म रेल लाइन विस्तार भइसकेकाले सो रेल लाइनलाई करिब ३३ किमि टाढा बाराको अमलेखगन्जसम्म विस्तार गर्न सकेमा अहिले पारवहन क्षेत्रमा देखिएका अधिकांश समस्या समाधान हुने भएकाले रेल लाइन विस्तारलाई प्रधानमन्त्रीले भारत भ्रमणका बेला मुख्य ऐजेन्डा बनाउनुपर्ने उनले सुझाव दिए।

सीमावर्ती भारतीय सहर रक्सौलदेखि अमलेखगन्जसम्म निर्माण गर्ने भनिएको पेट्रोलियम पाइपलाइनको तुलनामा रेल लाइन बहुउपयोगीसिद्ध हुन्छ, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानीले भने “पाइप लाइन निर्माण भएपछि पेट्रोलियम पदार्थमात्र आउँछ तर रेलमार्गको निर्माण भएपछि सबै किसिमका मालसामानको ढुवानी सहज किसिमले गर्न सकिन्छ।” रासस

फागुन २, २०७२/८.००

वि.सं.२०७२ फागुन २ आइतवार ११:५३ मा प्रकाशित

You can share this post!

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०९

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

वि.सं.२०८० असोज ४ बिहीवार २१:०५

काठमाडौं । एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध...

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै   

वि.सं.२०८० असोज ४ बिहीवार २१:०१

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु...

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आइएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

वि.सं.२०८० असोज ४ बिहीवार २०:५५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका...

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

तीन करोड बढी ठगी गरेको आरोपमा ‘विस एचआर सोलुसन’को लाइसेन्स खारेज   

वि.सं.२०८० असोज ४ बिहीवार २०:५०

काठमाडौँ, ४ असोज : वैदेशिक रोजगार विभागले काठमाडौँको सिनामङ्गलमा रहेको...

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली   

वि.सं.२०८० असोज ४ बिहीवार २०:४४

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...