back

कसरि सफल भए बिल गेट्स फोर्ब्सको सुचिमा १६ पटकसम्म अग्रपङ्तिमै रहन ?

Kumari bank ad

फोर्ब्सको धनीहरुको सुचिमा माइक्रोसफ्टका मालिक बिल गेट्सको नाम फेरी पहिलोमा आएको छ । ७९.२ अरब डलरको साथ संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् बिल गेट्स् । पछिल्लो २१ वर्षमा उनी १६ पटकसम्म फोर्ब्सको सुचिमा अग्रपङ्तिमै रहन सफल भएका छन् । यो सुचिमा उनी पश्चात दोस्रोमा मेक्सिकोका कालरेस स्लिम हेलु र तेस्रोमा अमेरिकाका वारेन बफेट  छन् ।

५९ बर्षमा पाइला टेकिसकेका गेट्सको पुरा नाम भने विलियम हेनरी बिल गेट्स (तेस्रो) (William Henry “Bill” Gates III) हो । गेट्सले आफ्नो जीवनकामा केहि सिद्धान्तहरु बनाए र त्यहि सिद्धान्तकै अनुसरण गर्दै विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल पनि भए । उनले आदर्श मानेका  यस्ता ११ सिद्धान्तहरु छन् जुन बिल गेट्सले आफ्नो जीवनमा उतारे अनि विश्वकै सफल व्यक्तिहरुमा गनिन पनि पुगे ।

 

१. दुनियालाइ बदल नभए घरमै बस

यो बाट थाह पाइन्छ की उनले आफ्नो जीवन कसरी निर्वाह गर्दथे । दुनियालाइ अझ राम्रो बनाउन काम गर्नुहोस्, चाहे जस्तोसुकै काम किन नहोस् । सफ्टवेयर क्षेत्रमै काम गरेर जीवन बिताएका गेट्स चाहन्थे कि सिस्टम यस्तो बनाइयोस जुन महत्वपुर्ण होस र मानिसहरुलाइ त्यो सिस्टम अपनाउन पनि प्रेरित गराउँथे उनले । उनी आफ्नो प्रभाव अझ प्रभावशाली बनाउन पोख्त थिए ।

२. बाटो बनाउदै अघि बढ

संधै तपाइको लागि कुनै बाटो तयार भएको हुँदैन । आफैंले केही गर्नुपर्ने हुन्छ । कहिले काँहि मानिसहरु तपाईंलाई घमण्डी तथा सन्की मान्न सक्छन् । कयौं पटक तपाइ लक्ष्यसम्म पाइला टेकेर फर्केको पनि हुनसक्नुहुन्छ । गेट्स, पर्सनल कम्प्युटर प्रत्येक टेबल, प्रत्येक घर र प्रत्येक कोठामा देख्न चाहन्थे । जब यसरी चाहना निश्चित गरे अनि अघि बढ्न सक्ने भए ।

३. आफ्नो असर पैदा गर
चाहे उनको मनको कुराहोस् या कुनै काम कै कुरा किन नहोस्, उनी आफ्नो प्रभावको अनुसार कै बाटो चयन गर्थे । कुनै काम गर्नेसक्छु भनेर मात्र उनले त्यो काम गर्दैन थे, उनले काम तब गर्थे जब उनलाइ लाग्थ्यो कि उक्त काम महत्वपुर्ण छ र अन्यमा राम्रो असर पैदा गर्न सक्छ अनि उक्त कामलाइ नयाँ उचाइमा पुर्याउन सकिन्छ।

४. मानवताको सबैभन्दा ठुलो लाभ समान धरातलमा रहनु हो

बिल गेट्स स्पष्ट थिए की सबै मानिस समान हुन । मद्धत उनीहरुको गर्नु, जो आफ्नो मद्धत गर्न सक्दैनन् । गेट्स भन्छन् सबैलाइ जीवनमा अवसर पाउने हक हुन्छ, यसमा अवरोध आए ती अवरोध हटाउनु पर्छ ।

५. तत्काल जे जरुरी छ त्यो मात्र सम्झ

यस कुरामा बिचार गर्नुपर्छ । विश्व छिटो छिटो परिवर्तन हुँदैछ । बजार परिवर्तन भइसकेको छ । यस्तोमा जब तपाईं सफ्टवेयर व्यवसायको काम तथा कुरा बुझेर सक्नुहुन्छ तब सम्म ढिलो भइसकेको हुन्छ, र समस्याहरु बढिसकेको हुनेछ । यदि पहिले देखि नै के गर्ने भन्ने सोच्नु भएको छैन भने तपाइको काम भाग्ने मात्र हुन जान्छ ।

६. बजार सधै सहि चिजमात्र चल्दैनन्

बजारको अनुसार वैज्ञानिक, कम्युनिकेटर्स तथा विचारकहरु चल्दैनन् । यसको लागि सरकारले नै सहि वातावरण तयार गरिदिनुपर्छ । केवल यि कुरामा ध्यान दिएर बुद्धिमान व्यक्तिहरुको मद्धतले प्रगति गर्न सकिन्छ, र यस्तो होस् भन्ने हाम्रो चाहना पनि हो ।

७. आफ्नो आदर्शको साथमा जीवन बिताउ

जब दुनियाले आभाश हुन्छ कि तपाईं को हो, तपाईंमा नजर बढ्नेछन् र तपाईं आदर्शकै कारण मानिसहरु तपाईंतिर  आकर्षित हुनेछन् । माइक्रोसफ्टमा बिल गेट्सले नै मानिसहरुलाइ आकर्षित गरेका थिए । मनसाय दुनियाको परिवर्तन गर्ने थियो । उनको साथमा भएकाहरुले प्रविधि र आविष्कारको मद्धतले जीवनको सहज बनाए ।

८. राम्रो काम ठिक मानिसहरुको साथमा गर्नाले अझै राम्रो बन्न सक्छ

बिल गेट्सले यस्तो प्रथा बनाए की उत्कृष्ट एंव सफा चरित्रका मानिसहरु उनको साथमा हुन थाले । आसपास राम्रा चरित्रका मानिसहरु थिए । त्यसैले त उनी माथी उठ्न सके ।

९. हर तरिकाको व्यवसायमा नवीनता नै मुटु र आत्मा हुन्छ

खेलमा आगाडी बढ्नको लागि तथा त्यसमै लागि पर्नको लागि तपाइमा नवीन सोच तथा सिर्जशीलताको आवश्यक पर्छ । बिल गेट्स सधै आफ्नो प्रभाव घट्न नदिन सिर्जनशीलता कै प्रयोग गर्दथे।

१०. अरुको लागि मंच बन्नु जहांबाट मानिसहरु अगाडी बढ्न सकुन

कुनै पनि चीज बनाउनको लागि आफ्नो भुमिका के छ त्यो ख्याल गर्नुहोस् र जान्नुहोस् की तपाइले थप नयाँ के गर्नसक्नु हुनेछ ।

११. बिचारलाइ काममा बद्लनुहोस्

के गर्ने तथा कसरी गर्नेको बिचार धेरै संग हुने गर्छ । तर आँट र नयाँ काम सुरु गर्नेबाट डराउनाले उक्त बिचार काममा परिणत हुन सक्दैन । केही गर्न जन्मनु भएको छ, किन डराउनुहुन्छ ?

एजेन्सि

४ फागुन २०७२

वि.सं.२०७२ फागुन ४ मंगलवार १३:४९ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...