back

बिमा कम्पनीले माग्यो पाँच पदमा १३ कर्मचारी

Kumari bank ad

काठमाण्डौं । बिमा कम्पनीहरुको एक मात्र नियामक निकाय बिमा समितिले आज एक विज्ञापन जारी गर्दै ५ पदमा १३ जना उपनिर्देशक स्तरका २, सहायक निर्देशक तहका १० र सहायक प्रथम तहको एक पदमा दरखास्त आह्वान गरेको छ ।

बिमा समितिले प्रशासन समूहतर्फ दितीय श्रेणीको अधिकृत (उपनिर्देशक)मा खुल्लातर्फ एकजनाका लागि दरखास्त आह्वान गरेको छ । यो पदमा ४५ बर्ष ननाघेको, मान्यताप्राप्त शिक्षण संस्थाबाट जनप्रशासन, कानून व्यवस्थापन, अर्थशास्त्र, तथ्यांकशास्त्र, विज्ञान, इञ्जिनियरिंगमध्ये कुनै एक बिषयमा स्नातकोत्तर गरेको तथा कुनै सरकारी वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा तीन बर्ष काम गरेको तथा विद्यावारिधी गरेको व्यक्तिको हकमा दुई बर्षको अनुभव भएकोले दरखास्त दिन सक्नेछ ।

यसैगरी, कानून समूहतर्फको उपनिर्देशक पदमा समेत खुल्ला कोटामा एकजनाका लागि जागिर खुलेको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट वाणिज्य वा कम्पनी कानून बिषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरेको, ४५ बर्ष उमेर ननाघेको, कुनै सरकारी वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा ३ बर्ष काम गरेको अनुभव हासिल गरेको, विद्यावारिधी गरेकाको हकमा चाहि २ बर्ष अनुभव हासिल गरेकोले आवेदन दिन सक्ने उल्लेख छ ।

यसैगरी, तृतीय श्रेणीको प्रशासन समूहतर्फ सहायक निर्देशक पदमा खुल्लातर्फ २, महिला १ र आदिवासी जनजाति कोटामा १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट बिमा, जोखिम व्यवस्थापन, जनप्रशासन, कानून, व्यवस्थापन, अर्थशास्त्र, तथ्यांकशास्त्र, विज्ञान, इञ्जिनियरिंग सम्बन्धी कुनै एक बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको, २१ बर्ष पूरा भएको र पुरुष भएको ३५ तथा महिला भएर ४० बर्ष ननाघेको व्यक्तिले दरखास्त दिन सक्नेछ ।

यस्तै, कानून समूहमा अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक पदमा पनि खुल्लातर्फ ३, महिलातर्फ १, आदिवासी जनजातितर्फ १ र मधेशी तर्फ एकजनाका लागि जागिरको अवसर खुलेको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कानून बिषयमा स्नातकोत्तर उपाधि हासिल गरेको, २१ बर्ष पूरा भएको एव्ं ३५ वर्ष ननाघेको पुरुष र महिला भए ४० ननाघेको नेपाली नागरिकले दरखास्त दिनसक्ने बताइएकोछ ।

प्रशासन समूहकै लागि सहायक प्रथम श्रेणीको सहायक प्रथम पदमा मधेशी कोटाका लागि १ जनालाई जागिरको अवसर खुलाइएको छ । यो पदमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कुनै एक बिषयमा स्नातक तहको उपाधि हासिल गरेको, २१ बर्ष पूरा भएको र पुरषको हकमा ३५ तथा महिलाको हकमा ४० ननाघेको मधेशी समुदायको व्यक्तिले दरखास्त दिनसक्ने बताइएको छ ।

सबै पदमा सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा आवेदन दिइनसक्ने पर्नेछ । सबै पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने र इच्छुकले बिमा समितिको कुपण्डोल ललितपुर स्थित कार्यालय व्यवस्थापन शाखामा दरखास्त दिनसक्ने व्यवस्था मिलाइएको छ । अधिकृत स्तरको द्वितीय श्रेणीको हकमा एकहजार दुईसय रुपैयाँ, अधिकृत तृतीय श्रेणीको हकमा एकहजार रुपैयाँ र सहायक प्रथमको हकमा चारसय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ ।

४ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ४ मंगलवार १३:५८ मा प्रकाशित

You can share this post!

सिटिजन लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति तोक्यो ?

सिटिजन लाइफको आइपीओ नेप्सेमा सूचिकृत, ओपनिङ रेञ्ज कति तोक्यो ?

वि.सं.२०८० असोज १० बुधवार १५:३०

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन लाइफ इन्स्योरेन्सको...

सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८० असोज १० बुधवार १५:२०

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८० असोज १० बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कुनको कति ?

वि.सं.२०८० असोज १० बुधवार १५:०६

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

हिमस्टार उर्जा कम्पनीले आइपीओ जारी गर्ने

हिमस्टार उर्जा कम्पनीले आइपीओ जारी गर्ने

वि.सं.२०८० असोज १० बुधवार १४:४८

काठमाडौं । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव अगाडि...

सन्दर्भ पर्यटन दिवसः बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार   

सन्दर्भ पर्यटन दिवसः बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार   

वि.सं.२०८० असोज १० बुधवार १४:४१

ढोरपाटन (बागलुङ), १० असोजः हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक...